काठमाण्डौं :नेपाली बजारमा आज सुन तोलामा २ हजारले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले घटेर एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस अघि सोमबार सुन तोलाको एक लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ। चाँदी तोलामा १० रुपैयाँले बढेर १९७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।





