यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मल, खाद्यको हाहाकार गराएर सरकारले किसानलाई तड्पाएको भन्दै प्रभु साहले उठाए संसदमा प्रश्न
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मल, खाद्यको हाहाकार गराएर सरकारले किसानलाई तड्पाएको भन्दै प्रभु साहले उठाए संसदमा प्रश्न
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

मल, खाद्यको हाहाकार गराएर सरकारले किसानलाई तड्पाएको भन्दै प्रभु साहले उठाए संसदमा प्रश्न

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख २४, बुधबार १३:०९ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं ।आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिले बाली लगाउने र विउ छर्ने बेलामा नै मल तथा खाद्यको हाहाकार भएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै साहले भने,‘अहिले मल, खाद्यको अभाव छ, हाहाकार छ, बाली लगाउने बेला, विउ छर्ने बेलामा नै किसानले मल पाएका छैनन् । मल पाएपनि दुईदेखि तीन गुणा महँगोमा पाएका छन् । त्यो पनि सरकारी निकायले दिने ठाउँमा होईन, पसलहरुमा पाइराखेका छन् । म सम्माननीय प्रधानमन्त्रीज्यूलाई सोध्न चाहन्छु–यो मल खरिद र वितरणको जिम्मा तपाईंको हो कि होईन ? केन्द्रीय सरकारको हो कि होईन ? यदि हो भने किसानप्रति किन यसरी अन्याय गर्नुहुन्छ ?’ पूर्वमन्त्री साहले नेपालको मूल आयस्रोत भनेको नै कृषि क्षेत्र भएको उल्लेख गरे । तर, कृषि क्षेत्रमा नै विभेद गरिएको कुरा भने पीडादायी भएको उनको गुनासो छ ।

उनले भने,‘नेपालमा ३० लाख हेक्टर जग्गा, जहाँ ११ लाख मेट्रिक टन खाद्य चाहिन्छ, तर सरकारले पाँच लाख मेट्रिक टनको ठेग्गा गर्छ, तर त्यो पाँच लाख आयो त ? म प्रधानमन्त्रीलाई प्रश्न गर्न चाहन्छु । अहिलेसम्म तीन लाख मेट्रिक टन नेपाल आएको हामी सुनिराखेका छौं । आवश्यकत्ताभन्दा तीन गुणा कम उपलब्ध गराईएको छ । किसानलाई यसरी तड्पाएर मार्नुभन्दा बरु गला रेटेर मारेको भए राम्रो हुनेथियो नि ।’

किसानले आफ्नै पहलमा भारतबाट मल तथा खाद्य ल्याएपनि नेपालको सुरक्षाकर्मीले खोस्ने गरेको साहले सुनाए । उनले भने,‘म प्रहरीका बर्दीधारी र फुलीधारीलाई सोध्न चाहन्छु कि तपाईं योग्य भएर त्यहाँ अफिसर बन्नुभयो, जसले खाद्यको जिम्मा लिएको छ, त्यसलाई तपाईं सोध्न सक्नुहुन्न, जसले जिम्मा लिएको छ उसले दिँदैन, अनि त्यहाँ तपाईंहरुको कानून लाग्दैन ? म आईजिपीलाई सोध्न चाहन्छु । अनि एउटा अवोध र कमजोर किसानलाई लछारपछार गरेर खाद्य खोस्नुहुन्छ । कुन नैतिकताले खोसेको हो ?’

अघिल्लो लेख सुनको भाउ आज एक हजार सात सय रुपैयाँले बढ्यो
अर्को लेख कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राजनीति

रवि लामिछाने सांसद पदबाट निलम्बित

२०८१ पुष ९, मंगलवार ०९:३४ गते
राजनीतिसमाचार

संसद्को अवरोध हटाउन सभामुखको पहल, प्रमुख सचेतक र सचेतकसँग छलफलमा

२०८२ जेष्ठ १६, शुक्रबार १२:३६ गते
राजनीति

कर्मचारी व्यवस्थापन मिलाउन गृह र सङ्घीय मामिला मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयको निर्देशन

२०८१ पुष २२, सोमबार ११:०१ गते
राजनीतिसमाचार

एमाले महाधिवेशन-अध्यक्षमा केपी ओलीको शुरुआती अग्रता

२०८२ पुष ३, बिहीबार १०:४४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?