एजेन्सी :कश्मीरमा पाकिस्तानी सेनाको गोलाबारीमा तीन भारतीय नागरिकको ज्यान गएको छ ।
भारतीय सेनालाई उद्धृत गर्दै समाचार संस्था रोयटर्स र एफपीले तीन भारतीय नागरिकको ज्यान गएको बताएका छन् ।
यसैबीच, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले भारतीय आक्रमणमा दुई बालबालिकासहित सात जनाको ज्यान गएको पुष्टि गरेका छन् । घटनामा ३५ जना घाइते भएका छन् ।





