यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छाड्न निर्देशन, सिन्धु जलसम्झौता खारेज
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छाड्न निर्देशन, सिन्धु जलसम्झौता खारेज
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छाड्न निर्देशन, सिन्धु जलसम्झौता खारेज

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख ११, बिहीबार ११:२१ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं। भारत प्रशासित जम्मु कश्मीरमा एक नेपालीसहित २६ जनाको ज्यान जाने गरी भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानी नागरिकलाई भारत छाड्न निर्देशन दिएको छ । साथै पाकिस्तानसँगको सिन्धु जल सम्झौता तोड्ने निर्णयसमेत गरेको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच निर्णयहरु गरेको हो । साथै बिहीबार सर्वदलीय बैठक समेत बोलाउने निर्णय पनि भारत सरकारले गरेको छ ।

यी हुन् भारत सरकारले गरेका पाँच ठूला निर्णय

१.भारत–पाकिस्तानबीचको सिन्धु जल सम्झौता खारेज

२.अटारी सीमानाका बन्द । भारत आएका पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र स्वदेश फर्किन निर्देशन ।

३. पाकिस्तानी नागरिकको भिसा रद्द ।

४.नयाँदिल्लीस्थित पाकिस्तान हाई कमिसनमा तैनाथ पाकिस्तानी डिफेन्स एडभाइजर्सलाई भारत छाड्न एक हप्ताको समय ।

५.हाई कमिसनमा तैनाथ कर्मचारीको संख्या ५५ बाट घटाएर ३० कायम गर्ने ।

आतंकवादी हमलामा पाकिस्तान संरक्षित आतंकवादीको हात रहेको भन्दै भारतले यी निर्णयहरु गरेको हो । पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले भने पहलगाम आक्रमणमा पाकिस्तानको कुनै पनि संलग्नता नरहेको बताएका छन् ।

सिन्धु जलसम्झौता के हो ?

विश्व बैंकको मध्यस्थतामा भारत र पाकिस्तानबीच सन् १९६० सेप्टेम्बर १९ मा सिन्धु जल सम्झौता भएको थियो । सिन्धु नदी प्रणालीका इन्द्रावती, झेलम र चिनाब नदीहरुको पानी बाँडफाँट सम्बन्धी यो एक ऐतिहासिक सम्झौता हो । जवाहरलाल नेहरुको पालामा भएको यो सम्झौता दुई देशका जलस्रोत व्यवस्थापनलाई लिएर विश्वकै सफल द्विपक्षीय सम्झौतामध्ये एक मानिन्छ ।

यो सम्झौता अनुसार पाकिस्तानले ८० प्रतिशत पानी प्रयोग गर्दछ । यो सम्झौता रद्द हुँदा भारतले पानी आपूर्ति रोक्ने, बाँध बाँध्ने वा अन्त कतै मोड्न सक्छ, जसले पाकिस्तानको कृषि, पिउने पानी र उद्योग कलकारखानामा असर पुग्न सक्छ ।

त्यसैले सिन्धु जल सम्झौता रद्द गर्ने निर्णयलाई असामान्य मानिएको छ । यसले दुई देशबीचको शक्ति सन्तुलन, जल नीति र सुरक्षा नीतिमा गहिरो असर पार्न सक्ने सम्भावना छ ।

घटनाको अनुसन्धान जारी, जम्मु कश्मीर बन्द

पर्यटकीय क्षेत्र पहलगाममा घुम्न गएका पर्यटकहरुमाथि गोली बर्साउँदा बुटवलका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएको थियो । २० जनाभन्दा बढी घाइते छन् ।

भारतको गुप्तचर निकायका अनुसार आक्रमणमा लस्कर ए तोयबाको प्रोक्सी विङ्ग द रजिस्टेन्स फ्रन्ट (टीआरएफ)को हात छ । पहलगाम आक्रमणमा संलग्न आतंकवादी भनेर भारतले तीन जनाको स्केच जारी गरेको छ । उनीहरुको नाम आसिफ फौजी, सुलेमान शाह र अबु तल्हा भनिएको छ ।

घटनाको अनुसन्धानका लागि भारत सरकारको राष्ट्रिय अनुसन्धान एजेन्सीको टोली पहलगाम पुगेको छ । सोधपुछका लागि दर्जनौं व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको छ । सो घटनाका कारण आज जम्मुकश्मीर बन्द छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाको भर्त्सना गर्दै आतंकवादीहरुलाई नछाड्ने चेतावनी दिएका छन् । नेपाल सरकारले पनि आतंकवादविरुद्ध भारतलाई साथ दिने प्रतिबद्धता जनाएको छ ।

अघिल्लो लेख ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ बर्खास्त
अर्को लेख डोटीका जङ्गलमा खेर गइरहेको अल्लोलाई आम्दानीको स्रोत बनाउने लक्ष्य
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राजनीति

कीर्तिपुरको मेयरमा कांग्रेस विजयी

२०८१ मंसिर १८, मंगलवार ०७:५३ गते
अर्थ-वाणिज्य

सुनको भाउ तोलामा चार सय रुपैयाँले बढ्यो

२०८१ माघ २, बुधबार १०:५८ गते
अर्थ-वाणिज्य

सुनको भाउ आज दुई सय रुपैयाँले बढ्यो

२०८१ चैत्र १३, बुधबार १२:१० गते
राष्ट्रिय

कपिलवस्तु दुर्घटना अपडेट : गम्भीर सात जनालाई भैरहवा पठाइयो

२०८१ भाद्र १०, सोमबार १९:१३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?