काठमाण्डौं – सुनको भाउ आज उच्च मूल्यबाट आठ सय रुपैयाँले घटेको छ ।
सुनको भाउ आठ रुपैयाँले घटेर तोलाको एक लाख ८९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदीको भाउ हिजोजस्तै तोलाको एक हजार नौ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।




