यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा भएको राष्ट्रिय युवा संघ कप भलिबल प्रतियोगिताको उपाधि डोटीलाई
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा भएको राष्ट्रिय युवा संघ कप भलिबल प्रतियोगिताको उपाधि डोटीलाई
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

धनगढीमा भएको राष्ट्रिय युवा संघ कप भलिबल प्रतियोगिताको उपाधि डोटीलाई

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख ३, बुधबार १३:५० गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

कैलाली । कैलालीको धनगढी भएको राष्ट्रिय युवा सङ्घ कप भलिबल प्रतियोगिता २०८१ को उपाधि राष्ट्रिय युवा सङ्घ डोटीले जितेको छ ।

मंगलबार भएको फाइनल खेलमा टिम मालिकार्जुनलाई हराउँदै राष्ट्रिय युवा सङ्घ डोटी विजयी भएको हो ।

विजेता टिमले दुई लाख २५ हजार नगद ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ भने उपविजेता बनेको टिम मालिकार्जुनले एक लाख २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । तेस्रो भएको रानाथारु आदर्श युवा क्लबले ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान प्राप्त गरेको थियो । सोमबार भएको खेलमा शाह पोल्ट्री फर्मलाई हराउँदै राना थारु आदर्श युवा क्लबले तेस्रो स्थान हासिल गरेको थियो ।

खेलका उत्कृष्ट खेलाडीहरूलाई पनि नगदसहित सम्मान गरिएको थियो । प्रतियोगितामा वेस्ट डिफेन्डर डोटीका राजेश रावल भए त्यस्तै वेस्ट ब्लकर डोटीकै जितबहादुर ढुङ्गाना हुँदा वेस्ट सर्भर पनि डोटीका विनीत राना भएका थिए ।

वेस्ट सेटर मालिकार्जुनका लोकेन्द्र गिरी भएका थिए । त्यस्तै वेस्ट स्पाइकर मालिकार्जुनका बलदेव धामी हुँदा वेस्ट पिलियर डोटीका सुरेश मल्ल भए । उनीहरूलाई पनि नगद, ट्रफी, मेडल र प्रमाण पत्रले पुरस्कृत गरिएको थियो ।

नेकपा एमाले महासचिव शङ्कर पोख्रेलले चैत्र २९ गते उद्घाटन गरेको भलिबल प्रतियोगिताको मंगलबार समापन भएको हो । समापन समारोहका प्रमुख अतिथि राष्ट्रिय युवा सङ्घ नेपाल केन्द्रीय इन्चार्ज राजीव पहाडी थिए ।

समापन समारोहमा उनले नेकपा एमालेको नेतृत्वको सरकारले खेलकुदमा प्रतिफल आउने गरि लगानी गरिरहेको बताए । राष्ट्रिय युवा सङ्घ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले सृजनशील काम गरेको भन्दै अध्यक्ष अरुण कुवरसहितको टिमलाई उनले धन्यवाद दिए ।

राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय महासचिव सुमन पुरी, पूर्व अध्यक्ष बचनबहादुर सिंह र स्थायी कमिटी सदस्य समेत रहेका सुदूरपश्चिम सह इन्चार्ज गणेश थापाले पनि भलिबल प्रतियोगिता आयोजना गरेर राष्ट्रिय युवा सङ्घ सुदूरपश्चिमले खेलकुदलाई प्रवर्द्धन गरिरहेको बताए । उनीहरुले केपी ओली नेतृत्वको सरकारले अहिले जनतालाई आसा जगाउने काम गरिरहेको बताएका थिए ।

पछिल्लो समय समाजमा बढिरहेको लागू पदार्थ दुर्व्यसनी रोक्न सचेतना फैलाउने उद्देश्यले राष्ट्रिय युवा सङ्घ सुदूरपश्चिम प्रदेश कमिटीले भलिबल प्रतियोगिता आयोजना गरेको प्रदेश कमिटी अध्यक्ष अरुण कुँवरले बताए ।

उनले आगामी दिनमा पनि आफूहरूले खेलकुदसहित अन्य विभिन्न माध्यमबाट युवाहरूमा पलाइरहेको निराशा अन्त्य गर्ने र लागू पदार्थ दुर्व्यसनी रोक्न गतिविधि गर्ने बताएका छन् ।

अघिल्लो लेख आईपीएल क्रिकेटमा आज दिल्ली र राजस्थान खेल्दै
अर्को लेख पन्ध्र करोड ४६ लाखका पाठ्यपुस्तक बिक्री
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुदसमाचार

एनपीएलको उपाधिका लागि भोलि सुदूरपश्चिम र लुम्बिनी खेल्ने

२०८२ मंसिर २६, शुक्रबार ११:१३ गते
खेलकुद

रोनाल्डोको गोलमा अल नासरले अल शबाबलाई हरायो

२०८१ कार्तिक ३, शनिबार १७:१५ गते
खेलकुद

‘हिमचितुवा’ घिमिरे आज नेपाल आउँदै

२०८१ मंसिर ६, बिहीबार १०:१० गते
खेलकुद

यूईएफए नेशन्स लिगमा पोर्चुगल र क्रोएशियाले बराबरी खेले, स्पेनले स्विट्जरल्यान्डलाई हरायो

२०८१ मंसिर ४, मंगलवार ११:१४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?