यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रास्वपा सभापति रवि लामिछाने जेल चलान
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रास्वपा सभापति रवि लामिछाने जेल चलान
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

रास्वपा सभापति रवि लामिछाने जेल चलान

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र २५, सोमबार १२:५२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – सहकारी ठगी एवम् सङ्गठित अपराधको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने जेल चलान भएका छन् ।

प्रहरीले आज जिल्ला अदालत उपस्थित गराएपछि लामिछानेलाई जिल्ला कारागार पठाइएको रूपन्देही प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौरले जानकारी दिए ।

उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई चैत २२ मा जिल्ला अदालत, रुपन्देहीको निर्णय उल्टाएर थुनामा पठाउने आदेश दिएको हो ।

शुक्रवार आदेश आए लगत्तै प्रहरीले लामिछानेलाई काठमाण्डौंबाट पक्राउ गरी भैरहवा पुर्‍याइएको थियो । लामिछाने पक्राउ परेपछि लगातार दुई दिन सार्वजनिक बिदा परेकाले प्रहरी उनलाई हिरासतमै राखेको थियो ।

जिल्ला अदालतले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । आज त्यो आदेश खारेज भएको छ ।

रुपन्देहीको सुप्रिम सहकारीबाट लामिछानेसहित ४२ जनाले ५५ करोड रुपैयाँ अपचलन गरेको भन्दै मुद्दा दायर भएको थियो । लामिछानेविरुद्ध कास्की, काठमाण्डौ, चितवन र पर्सामा पनि सहकारीको रकम सङ्गठित तवरमा ठगी गरेको आरोपमा मुद्दा दायर भएको छ ।

पर्साबाहेक सबै ठाउँमा उनलाई धरौटीमा छोड्न आदेश दिइएको थियो । तर रुपन्देहीको सहकारी ठगीको मुद्दामा धरौटीमा छोड्ने विषयलाई उच्च अदालतले उल्टाइदिएको छ ।

अर्का अभियुक्त पूर्व डीआईजी छविलाल जोशीको मुद्दामा भने इजलासले जिल्लाकै आदेश सदर गरिदिएको छ । उनलाई जिल्ला अदालतले नै थुनामा पठाउने आदेश दिएको थियो ।

लामिछाने केही दिनअघि मात्र रास्वपा सभापतिको जिम्मेवारीमा फर्किएका थिए । उनकै सभापतित्वमा रास्वपा केन्द्रीय समितिको बैठक बसेको थियो ।

लामिछानेको सांसद पदको निलम्बन हटाउने बारेमा सभामुख देवराज घिमिरे छलफल गरिरहेको बेला अदालतले कारागार पठाइदिएको हो ।

अघिल्लो लेख अन्तर्राष्ट्रिय यातायात सम्मेलन चैत २९ देखि
अर्को लेख हेटौँडा सिमेन्टको आजदेखि पुनः उत्पादन सुरु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

२०८२ मंसिर १४, आईतवार १४:५८ गते
राजनीतिसमाचार

हर्क साम्पाङको पार्टीलाई आयोगले प्रमाणपत्र दियो

२०८२ कार्तिक १६, आईतवार १७:१५ गते
राजनीतिराष्ट्रियसमाचार

रमेश लेखकको घरमा आगजनी

२०८२ भाद्र २४, मंगलवार १२:०२ गते
राजनीतिसमाचार

राजनीतिमा सुदूरपश्चिमलाई नक्साको कुनाबाट उठाएर, नीतिगत केन्द्रमा उभ्याउने नेतृत्व हो— शेर बहादुर देउवा

२०८२ पुष १७, बिहीबार ११:५० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?