काठमाण्डौं : मोरङको रतुवामाइमा मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको छ ।
मोटरसाइकल चालक रतुवामाइ–१ कल्याणपुरका ४२ वर्षीय सोम टुडू र पत्नी ३५ वर्षीया वामनी हेमरामको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार शुक्रवार राति १० बजे रतुवामाई नगरपालिका–६ त्रिभुवन चोकस्थित आमबारी भित्री सडक खण्डमा को ९ प ७२९५ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो। आमबारीबाट उर्लाबारीतर्फ आउँदै गरेको मोटरसाइकल आफैँ अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो।
टुडू रतुवामाई नगरको फोहोर व्यवस्थापन गर्ने ट्याक्टरका चालक रहेको नगरप्रमुखको सचिवालयका प्रमुख सचिव सुजित चौधरीले जानकारी दिए।





