यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अछाममा सेटिङमा सामुदायिक वन फँडानी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अछाममा सेटिङमा सामुदायिक वन फँडानी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अछाम

अछाममा सेटिङमा सामुदायिक वन फँडानी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र १७, आईतवार १०:१३ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

अछाम । अछाममा सामुदायिक वनका पदाधिकारी र डिभिजन वन कार्यालयको मिलेमतोमा व्यापक रूपमा वन फँडानी भएको छ ।

जिल्लाको कमलबजार नगरपालिका र पञ्चदेवल विनायक नगरपालिकाको लेक क्षेत्रमा रहेका सामुदायिक वन फँडानी गरेर चुत्रो (तिर्खुला) को डाँठ तथा बोक्रा बिक्री भइरहेको हो ।

कमलबजार नगरपालिका–५ स्थित पाँचुली चैतेपातल सामुदायिक वनबाट १३ हजार किलो चुत्रो बिक्री गरिएको छ । सो वनका पदाधिकारी, डिभिजन वन कार्यालय विनायक र मङ्गलसैनका कर्मचारीको मिलेमतोमा उक्त परिमाणको चुत्रो बिक्री भएको खुलेको हो । जिल्लाका विभिन्न वन उपभोक्ता समितिले डिभिजन वन कार्यालयबाट अनुमति लिएर वन पैदावार सङ्कलन गरिरहेका हुन् ।

कमलबजार नगरपालिका–५ मा रहेको पाँचुली चैतेपातल सामुदायिक वनका पदाधिकारीले किर्ते भेला गरेर वन पैदावार बेच्ने निर्णय गरेको खुलेको छ । सो भेलाको निर्णय पुस्तिकामा विभिन्न व्यक्तिको नाम लेख्दै किर्ते हस्ताक्षर गरेर डिभिजन वन कार्यालयलाई वन पैदावार बेच्ने अनुमति लिएको बुझिएको छ ।

सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जयप्रकाश उपाध्याय आठ महिनादेखि कैलालीमा छन् । तर, उनको अध्यक्षतामा भएको भनिएको भेलामा उनको हस्ताक्षर छ । उनले आफूले हस्ताक्षर नगरेको बताए ।

भेलाको निर्णय पुस्तिकामा हस्ताक्षर देखिएका कमलबजार नगरपालिका–५ का खगेन्द्र उपाध्यायले आफू कैलालीमा भएको बेलामा आफ्नो नाममा हस्ताक्षर भएको भन्दै किर्ते भेला भएको बताए । सो निर्णयमा कमलबजार नगरपालिकाका–५ का वडाध्यक्ष सत्यराज तिमिल्सैनाको हस्ताक्षरसमेत छ तर अध्यक्ष तिमिल्सैनाले वनको भेला नभएको बताए ।

डिभिजन वन कार्यालय मङ्गलसैनका प्रमुख जनक पाध्याका अनुसार अछाम जिल्लाबाट चुत्रो जातको पैदावार निकासीका लागि १० हजार किलोको मात्र कोटा छ तर सो कार्यालयले नै पाँचुली चैतेपातल सामुदायिक वनलाई १३ हजार किलोको अनुमति दिएको छ । जिल्लाका अन्य पालिकाबाट पनि चुत्रो काटेर बिक्री गरिएको छ ।

सामुदायिक वनलाई फँडानी गरेर वन पैदावार बिक्री गरिएकोमा स्थानीयले विरोध जनाएका छन् । कमलबजार नगरपालिका–५ का जीवन तिमिल्सैनाले वन फँडानी गरेको भन्दै फँडानी गर्नेका विरुद्ध मुद्दा दर्ता गर्ने बताए ।

दामासाही तरिकाले वनका बुट्यान काटिँदा सामुदायिक वन उजाड बनेका छन् तर डिभिजन वन कार्यालयहरू मुखदर्शक बनेका छन् । सामुदायिक वनलाई कटान आदेशका लागि सिफारिस गर्ने डिभिजन वन कार्यालय विनायकका प्रमुख गणेश ठगुन्नाले वन फँडानीमा कर्मचारीको मिलेमतो नभएको बताए । गोरखापत्रबाट

अघिल्लो लेख आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदै
अर्को लेख चैत शुक्लपक्ष शुरु भएसँगै मिथिला क्षेत्र पर्वमय
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अछामसमाचार

अछाममा भरुवा बन्दुक र जंगली जनावरको छालासहित २ जना पक्राउ

२०८२ जेष्ठ २३, शुक्रबार १०:१८ गते
अछामसमाचार

अछाममा १६ ग्राम बढी गाँजासहित एक युवक पक्राउ

२०८२ जेष्ठ २२, बिहीबार ११:१० गते
अछामसमाचार

अछाममा बालविवाह गरेका किशोर–किशोरी प्रहरी नियन्त्रणमा

२०८२ जेष्ठ २९, बिहीबार १२:२४ गते
अछामसमाचार

नेपाली सेनाद्वारा बर्दादेवी डाँडामा ‘हेलिप्याड’ निर्माण

२०८२ जेष्ठ २०, मंगलवार ११:२२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?