काठमाण्डौं –आज सुनको भाउ १ सय रुपैयाँले बढेको छ ।
सुनको भाउ १ सयले बढेर तोलाको १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको १ लाख ७० हजार ३ सय रुपैयाँ रहेको थियो ।
यस्तै आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदीको भाउ हिजोजस्तै तोलाको १ हजार ९ सय ८५ रुपैयाँ कारोबार भइरहेको महासङ्घले जनाएको छ ।





