यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ५ बुधबार
2026, Oct 21, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: करारलाई स्थायी बनाउने कानुनको विरोधमा प्रदेश सभामा ढुङ्गा–मुडा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ५ बुधबार
2026, Oct 21, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: करारलाई स्थायी बनाउने कानुनको विरोधमा प्रदेश सभामा ढुङ्गा–मुडा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

करारलाई स्थायी बनाउने कानुनको विरोधमा प्रदेश सभामा ढुङ्गा–मुडा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन २३, शुक्रबार १०:२३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः सुदूरपश्चिम प्रदेश सभाको अगाडि विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।

सुदूरपश्चिम सरकारले स्थानीय तहहरूले भर्ना गरेका करार सेवाका कर्मचारीहरूलाई स्थायी बनाउने कानुन निर्माण गर्न थालिएको भन्दै विद्यार्थीहरूले बिहिवार साँझ प्रदेश सभाको अगाडि विरोध प्रदर्शन गरेका हुन्।

प्रदेशका स्थानीय तहमा अस्थायी तथा करार सेवामा भर्ना गरिएका कर्मचारीलाई स्थायी गर्न सहज कानुनी प्रबन्ध गर्न लागिएको भन्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय घेराउ गरेका विद्यार्थीहरूले बिहिवार साँझ प्रदेश सभाको अगाडि टायर बालेर प्रदर्शन गरेका हुन। उनीहरूले प्रदेश सभामा ढुङ्गा–मुडासमेत गरेका छन्।

विधायन तथा प्रदेश मामिला समितिले तयार गरी प्रदेश सभामा पेस गरेको प्रतिवेदनमा उल्लिखित उक्त प्रावधानप्रति विद्यार्थी संगठनहरूले संयुक्त रूपमा विरोध गर्दै आएका छन्। सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ मा कर्मचारीहरू तथा राजनीतिककर्मीहरूलाई नाफा पुग्ने देखिएको हो। सभामुख भीमबहादुर भण्डारीसमक्ष पेस गरिएको विधेयकमा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन लागु हुनुभन्दा पहिलेका स्वीकृत स्थायी दरबन्दीमा अस्थायी वा करार नियुक्त भएकाहरूको लागि ऐन लागु भएपछि पहिलो पटकका लागि प्रदेश लोकसेवा आयोगले उनीहरूबिच मात्रै आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने’ उल्लेख गरिएको छ।

सुदूरपश्चिम प्रदेश सभाले यो ऐन पारित गरेपछि स्थानीय तहमा स्वीकृत दरबन्दीमा रहेका सयौँ अस्थायी तथा करार कर्मचारीहरूले आफूहरूबिच मात्रै प्रतिस्पर्धा गर्ने कानुनी बाटो पाउनेछन्। लोकसेवाले त्यस्ता कर्मचारीलाई लक्षित गर्दै छुट्‍टै आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने छ।

सीमित कर्मचारीलाई लाभ हुने भन्दै विद्यार्थीहरूले विरोध गर्दै आएका छन।

अघिल्लो लेख फिफाले महिला क्लब विश्वकप आयोजना गर्ने
अर्को लेख चलचित्र ‘होस्टल ३’ देशभर प्रदर्शनमा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

समाचार

धनगढीको चैतन्यद्वारा शैक्षिक जागरण आभियान

२०८१ पुष १९, शुक्रबार १२:४१ गते
राष्ट्रिय

खोटाङमा डढेलो गाउँ पस्दा एक विद्यालयसहित सात घर जले

२०८१ चैत्र ५, मंगलवार १०:०७ गते
अर्थ-वाणिज्य

एमसीसीले झन्डै ७ अर्ब रुपैयाँ अनुदान थप्ने

२०८१ पुष १९, शुक्रबार १३:०६ गते
खेलकुदबैतडी

पाटन प्रिमियर लिग : निङ्गलाशैनी क्रिकेट क्लवलाई हराउँदै गुरुखोला सेमिफाइनलमा

२०८१ कार्तिक १२, सोमबार १८:५८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?