यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: म्यानमार पुर्‍याएर ठगी धन्दामा लगाइएका ७ नेपालीसहित २६० जनाको उद्धार
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: म्यानमार पुर्‍याएर ठगी धन्दामा लगाइएका ७ नेपालीसहित २६० जनाको उद्धार
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

म्यानमार पुर्‍याएर ठगी धन्दामा लगाइएका ७ नेपालीसहित २६० जनाको उद्धार

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन २, शुक्रबार ११:३० गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं : द्वन्द्वग्रस्त मुलुक म्यानमार पुर्‍याएर अनलाइन ठगी धन्दामा फसाइएका ७ नेपालीको उद्धार गरिएको छ।

७ नेपाली सहित २० देशका २६० जनालाई ठगी धन्दामा संलग्न गराउने समूहबाट उद्धार गरेर म्यानमारको विद्रोही समूहले थाइल्यान्डको सेनालाई जिम्मा लगाएको हो।

म्यानमारको जातीय सशस्त्र समूह डेमोक्रेटिक करेन बेनिभोलेन्ट आर्मी डीकेबीएले थाइल्यान्डसँगै सीमा जोडिएको करेन राज्यको मेवाडीबाट नेपाली सहित २० मुलुकका नागरिकलाई उद्धार गरी थाई सेनालाई हस्तान्तरण गरेको हो। डी

केबीएका सैन्य प्रमुख मेजर स सान आङले मानव तस्करी गरी ल्याइएका विदेशी कामदार खोज्ने क्रममा मेवाडी जिल्लाका क्यासिनोमा छापा मारी ७ नेपाली सहित २६० विदेशीलाई उद्धार गरेको जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उद्धार गरिएकाहरूमा नेपाली सहित इथियोपिया, केन्या, फिलिपिन्स, पाकिस्तान, मलेसिया, चीन, लाओस लगायत २० मुलुकका नागरिक छन्था

इल्यान्डस्थित नेपाली राजदूत धनप्रसाद ओलीले थाई सेनालाई जिम्मा दिइएका ४ नेपालीबारे औपचारिक पुष्टि भइसकेको र उनीहरू सुरक्षित रहेको जानकारी दिए। जिम्मा लगाइएका अन्य ३ नेपालीबारे भने औपचारिक जानकारी आउन बाँकी रहेको उनको भनाइ छ। उनको भनाइ छ । म्यानमारमा साइबर बन्धक बनाइएका १३ जनाको नाम र तस्बिर सहितको जानकारी थाई सेनालाई दिइएको पनि उनले बताए ।

उता म्यानमारका नेपाली राजदूत हरिश्चन्द्र घिमिरेले बाँकी ६ जनालाई पनि उद्धार गरी थाई सेनालाई जिम्मा लगाउने पहल भइरहेको जानकारी दिए । म्यानमारका विभिन्न कम्पनीमा अनलाइन ठगी धन्दामा लगाइएको भन्ने जानकारी आएपछि उद्धारका लागि म्यानमार सरकारसँग आग्रह गरिएको उनले बताए।

मानव तस्करको गिरोहले नेपाली युवायुवतीलाई आकर्षक आम्दानीको लोभ देखाएर द्वन्द्वग्रस्त म्यानमार पुर्‍याउने गरेका छन् । उनीहरूलाई त्यहाँ क्रिप्टोकरेन्सी कारोबार, साइबर ठगी, सट्टेबाजी लगायतका अवैध कार्य गर्न लगाइने गरिएको छ । गिरोहले मासिक ५० हजार डलरसम्म कमाइ गर्न दबाब दिने गरेको र लक्ष्य नपुर्‍याउनेलाई यातना दिने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यसअघि गत फेब्रुअरी ६ मा पनि ३६ चिनियाँ सहित ६१ जनाको उद्धार गरिएको थियो।

अघिल्लो लेख सुन तोलाको १ लाख ७० हजार नाघ्यो
अर्को लेख कुलेखानी–फाखेल–हुमाने सडक स्तरोन्नतिका लागि आजदेखि बन्द
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

चार केजी गाँजा र तीन लाख नगदसहित एक युवती पक्राउ

२०८१ पुष ७, आईतवार १०:३२ गते
राष्ट्रियसमाचार

जनकपुरमा सुनव्यापारीसँग झडप हुँदा १० प्रहरी घाइते

२०८२ कार्तिक १, शनिबार ११:२१ गते
राष्ट्रियसमाचार

विद्युत प्रसारण लाइनको तार मुनिको जग्गा कित्ताकाट गर्न पाइने

२०८२ पुष ११, शुक्रबार १०:३६ गते
राष्ट्रिय

त्रिशूली नदीमा हराएका दुई बसका तीन यात्रुको शव भेटियो

२०८१ असार ३०, आईतवार ०८:२५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?