यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीको गर्भामा ९७ वर्ष पुरानो दरबार बेवारिसे
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीको गर्भामा ९७ वर्ष पुरानो दरबार बेवारिसे
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीको गर्भामा ९७ वर्ष पुरानो दरबार बेवारिसे

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ २५, शुक्रबार ११:३० गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

धनगढी :कैलालीको गर्भामा ९७ वर्ष पुरानो दरबार बेवारिसे बनेको छ।

जिल्लाको चुरे गाउँपालिका–४ गर्भामा रहेको ऐतिहासिक महत्वको दरबार बेवारिसे बनेको हो।

राणाकालीन दरबार संरक्षण र प्रयोग नहुँदा जीर्ण हुँदै बेवारिसे बनेका छ। कैयौँ वर्षदेखि प्रयोगमा नआएको दरबार अलपत्र अवस्थामा छ। छाना उप्किन थालेको दरबारको भित्ता पनि भत्किन थालेका छन्। त्यस्तै, झ्याल, ढोका सबै भत्किएका छन्। त्यसमा रहेका मूर्ति चोरी भइसकेका छन्। पर्यटन सम्भावनाको दरबार खण्डहरमा परिणत भएको छ। गर्भा दरबार अत्यधिक जीर्ण छ। चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले पुरातत्त्व विभागले संरक्षण गर्ने आश्वासन दिएको बताए। उनले भने, ‘प्रदेश सरकारले १० लाख बजेट दिएको छ। दरबार घेरबारका लागि प्रदेशले बजेट हालेको हो। यो पटक घेरबार हुन्छ। मर्मत गर्न मिल्दैन। सिमेन्टले छुन पनि हुँदैन। पुरातत्त्व विभागले हामी संरक्षण गर्छौ भनेको छ।’

तत्कालीन राणा शासकहरूले पोत (कर) उठाउने र मुद्‍दा मामिला मिलाउने उद्देश्यका साथ यो दरबार बनाएका बुझिएको छ। तर, ९७ वर्ष पुरानो दरबार २४ वर्षदेखि प्रयोग विहीन छ। स्थानीयका अनुसार १९७९ मा शिलान्यास गरिएको दरबार १९८४ मा बनाइएको थियो। यो दरबार बनाउन पाँच वर्ष लागेको हो।

दरबारमा ८३ झ्याल र ५३ वटा ढोका छन्। तीन तले दरबारको पर्खालमा मासको गारो पोतिएको थियो भने, जापानबाट ल्याइएको जस्तापाताले छाइएको छ। जीर्ण भइसकेको दरबार भत्काएर बनाउनका लागि सुदूरपश्चिम प्रदेश सरकारले २० करोड रुपियाँको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएको जनाइएको छ। तर, पुरातत्त्व विभागले अनुमति नदिँदा काम हुन नहुने भएको छ। गाउँपालिकाका अध्यक्ष बोगटीले विभागले आफै संरक्षणको काम गर्ने बताएको छ।

प्रदेश सरकारले गर्भा दरबारलाई पर्यटकीय स्थल बनाउन खोजेको थियो। त्यसका लागि पुरानो संरचनालाई भत्काएर पहिलेको जस्तै नयाँ दरबार बनाउने योजना बनाइएको हो। तर, विभागले रोकेको छ। दरबारसम्म सडक यातायातको पहुँच छ। अहिले बाटोको समस्या नरहेका कारण पर्यटन व्यवसाय फस्टाउन सक्ने उनले बताए। गौरीगङ्गा नगरपालिका–१ चौमाला हुँदै गर्भा दरबारसम्म पुग्ने बाटो बनिसकेको छ। त्यस्तै, वडा नम्बर ४, २, १ हुँदै बाटो पालिका मुकाम सहजपुरमा पनि जोडिएको छ। दुईतिरबाट गर्भा दरबारसम्म पुग्न सकिन्छ। विद्युत् विस्तारको काम पनि हुँदैछ।

विक्रम सम्वत् २०३३ सालदेखि दरबारमा मान्छे बस्न छोडेका थिए। पछि यसैमा हुलाक र गाविस कार्यालय राखिएको थियो। तर, तत्कालीन १० वर्षे द्वन्द्वको क्रममा हुलाक र गाविस कार्यालयमा आगजनी भएपछि कुनै पनि प्रयोजनार्थ यो दरबार उपयोग भएको छैन। २०५७ सालबाट दरबारको स्याहार, सम्भार हुन छोडेको हो। दरबारको १३ रोपनी जग्गामध्ये आधा स्थानीय बस्नेत निम्न माध्यमिक विद्यालय र आधा वडा कार्यालयको नाममा रहेको छ। वडा कार्यालयको भवन निर्माण हुँदैछ।

दरबार पुनः निर्माणको काम नभएपछि खण्डहरमा परिणत भएको हो। आर्थिक वर्ष २०७७/७८ मा पनि प्रदेश सरकारले ५० लाख रुपियाँ बजेट विनियोजन गरेको थियो। तर, काम भएन।

दरबार सुरुमा श्रीबहादुर शमशेर दरबारको नामले चिनिएको बताइन्छ। खैरालाको भर्गा भन्ने स्थानमा रहेकाले पछि मात्रै यसको नाम गर्भा दरबार राखियो। दरबार खडक शमशेरले बनाए पनि राणाहरूले अंशबन्डा गर्दा गर्भा दरबार लेफ्टिनेन्ट जर्नेल बहादुर शमशेरको स्वामित्वमा आएको बताइएको छ। राणाहरूले छोडेको दरबार अब बेवारिसे अवस्थामा रहेको छ।

अघिल्लो लेख फिलिपिन्समा विमान दुर्घटना, ४ जनाको मृत्यु
अर्को लेख कञ्चनपुरबाट लागूऔषधसहित दुई युवक पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरकैलालीसमाचार

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८२ पुष ४, शुक्रबार १०:४२ गते
कैलाली

कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ

२०८१ माघ ४, शुक्रबार ०९:५६ गते
कैलालीस्वास्थ्य-शिक्षा

केएमसीमा शिक्षा संकाय अध्ययन गरेका विद्यार्थीको भेला सम्पन्न

२०८१ कार्तिक ११, आईतवार १७:५९ गते
कैलालीसमाचार

कैलालीमा एकैदिन ४२ फरार प्रतिवादी पक्राउ

२०८२ मंसिर ३, बुधबार १२:२७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?