धनगढी – धनगढीमा रहेको चैतन्य पाठशालाले शहीद दिवसको अवसरमा पाठशालामा भएको वार्षिक खेलकुद सप्ताहको पुरस्कार वितरण गरेको छ ।
खेलकुदमा प्रथम, द्वितीय, तृतीय र चौथो हुने सम्पुर्ण एक देखी दस सम्मका खेलमा भाग लिएका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको हो।
धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा चैतन्य पाठशालाका पिटिए अध्यक्ष ईश्वर गिरीको अध्यक्षतामा रहेको थियो।





