धनगढी ।प्रेस चौतारी नेपाल कैलालीको अध्यक्षमा जनकसिंह विष्ट चयन भएका छन् ।
धनगढीमा आयोजित चौतारीको आठौं जिल्ला अधिवेशनले सर्वसम्मत विष्टलाई अध्यक्ष चयन गरेको हो ।
जिल्ला कार्य समितिको उपाध्यक्षमा लोकुसिंह ठकुरी, उपाध्यक्ष महिलामा निर्मलाकुमारी शाही, सचिवमा दिनेश विष्ट, सहसचिवमा ध्रुव ओझा, सहसचिव समावेशीमा भुपेन्द्र विक, कोषाध्यक्षमा जीवन विष्ट चयन भएका हुन् ।
यसैगरी, सदस्यहरूमा टेकसिंह धामी, पूर्णबहादुर साउँद, दिनेश राना, भरत रिमाल, नरेशनाथ योगी, मनिषा भुल, सिद्धराज अधिकारी, भावना भण्डारी, भुवनेश्वरी राना र कमल साउँद चयन भएका हुन् ।
त्यस्तै, प्रदेश प्रतिनिधिमा गीता चौधरी, भानुभक्त आचार्य, कृष्णप्रसाद ओझा, सुशील ढुङ्गाना चयन भएका छन् । केन्द्रीय प्रतिनिधिमा इन्द्राकुमारी केसी, भोजराज जोशी, हेमन्त पौडेल र एकेन्द्र तिमिल्सिना चयन भएका छन् ।




