यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नाइजेरियामा ट्याङ्कर दुर्घटनापछि विस्फोट हुँदा तेल सङ्कलन गर्न पुगेका ७७ जनाको ज्यान गयो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नाइजेरियामा ट्याङ्कर दुर्घटनापछि विस्फोट हुँदा तेल सङ्कलन गर्न पुगेका ७७ जनाको ज्यान गयो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

नाइजेरियामा ट्याङ्कर दुर्घटनापछि विस्फोट हुँदा तेल सङ्कलन गर्न पुगेका ७७ जनाको ज्यान गयो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ ६, आईतवार १०:०७ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी : नाइजेरियामा इन्धन बोकेको ट्याङ्कर दुर्घटनापछि विस्फोट हुँदा कम्तिमा ७७ जनाको ज्यान गएको छ ।

उद्धारकर्तासहित २५ जना घाइते भएका छन् । उत्तर मध्य नाइजर राज्यको फेडरल रोड सेफ्टी कोप्र्स (एफआरएससी) का प्रमुख कुमार सुक्वामका अनुसार ६० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर सुलेजा क्षेत्रमा दुर्घटना भएको हो ।

ट्याङ्कर दुर्घटनापछि घटनास्थलबाट तेल सङ्कलन गर्न पुगेका ७७ जनाले ज्यान गुमाएका सुरक्षाकर्मी र उद्धारकर्तालाई उद्धृत गरी बीबीसीले जनाएको छ । मानिसहरूले तेल निकाल्न थालेको केहीबेरमै विस्फोटको घटना भएको थियो । हिजो भएको घटनामा घाइते भएकाहरुको नजिकैका अस्पतालमा उपचार भइरहेको छ ।

नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोट र दुर्घटनाका घटना पटक–पटक हुँदै आएका छन् । गएको अक्टोबरमा चुहावट पेट्रोल सङ्कलन गर्ने क्रममा भएको विस्फोटमा कम्तिमा एक सय ५३ जनाले ज्यान गुमाएका थिए । गम्भीर आर्थिक सङ्कट झेल्दै आएको नाइजेरियामा १८ महिनामा पेट्रोलको मूल्य पाँच गुणाले बढेको छ ।

नाइजेरियाका राष्ट्रपति बोला टिनुबुको लामो समयदेखिको इन्धन अनुदान हटाउनेलगायतका आर्थिक नीतिपछि इन्धनको मूल्य उच्च भएको छ । सरकारले आफ्नो नीतिबाट अर्थतन्त्रलाई बलियो बनाउने उदेश्य रहेको बताएको छ ।

अघिल्लो लेख नाइजेरियामा ट्याङ्कर दुर्घटनापछि विस्फोट हुँदा तेल सङ्कलन गर्न पुगेका ७७ जनाको ज्यान गयो
अर्को लेख देशको सार्वजनिक ऋण २५ खर्ब ३६ अर्बमाथि
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

ब्रिक्स शिखर सम्मेलन आउँदो जुलाई ६ र ७ तारिखमा हुने

२०८१ फाल्गुन ४, आईतवार १२:४२ गते
अन्तर्राष्ट्रियसमाचार

इजरायलले हमासका प्रहरी लक्षित आक्रमण गर्दा गाजामा थप १८ जनाको ज्यान गयो

२०८२ असार १३, शुक्रबार १०:३४ गते
अन्तर्राष्ट्रियसमाचार

मस्कका कम्पनीहरूसँगको सरकारी सम्झौता कटौती गर्ने ट्रम्प प्रसाशनको चेतावनी

२०८२ जेष्ठ २३, शुक्रबार १०:०८ गते
अन्तर्राष्ट्रिय

ब्राजिलमा गाडी दुर्घटना हुँदा ३८ जनाको ज्यान गयो

२०८१ पुष ७, आईतवार ०९:४६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?