यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिममा आज ‘पुसे पन्ध्रु’ मनाइँदै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूरपश्चिममा आज ‘पुसे पन्ध्रु’ मनाइँदै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा आज ‘पुसे पन्ध्रु’ मनाइँदै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष १५, सोमबार ०९:४६ गते
SudarshanTelevision
5 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः डोटेली लोकसंस्कृतिमा एक आपसमा कथा र दन्त्य कथा सुन्ने र सुनाउने पर्वको रुपमा लिइने ‘पुसे १५’ पर्व आज सुदूरपश्चि प्रदेशमा उल्लासपूर्वक मनाइँँदैछ।

डोटेली संस्कृतिको मौलिक पहिचान बोकेको यो पर्व हरेक वर्ष पुस १५ गते मनाइने भएकाले पुसे १५ को रुपमा चर्चित रहेको छ। पुस १५ को रात वर्षभरिकै सबैभन्दा लामो रात भएको विश्वासमा यो पर्व मनाउने गरिन्छ। आजको लामो रातलाई डोटेली भाषामा ‘ठूली रात’ भनेर चिनिन्छ। यो पर्वमा दिनमा भन्दा रातिको समयमा एक ठाउँमा भेला भएर गरिने गतिविधिलाई विशेष महत्वका रुपमा हेर्ने गरिन्छ। घरपरिवारमा मीठा खानाका परिकार पकाएर खाने र रातभर जाग्राम बस्ने, डेउडा खेल्ने परम्परा कतिपय वस्तीमा छ।

यो पर्वमा टोल छिमेकको एक घरमा भेला भई आगो तापेर रातभर जाग्रम बस्ने, जाग्रम बसेका बेला तरुल, पिँडालु, सखरखण्डलगायत कन्दमूलका साथै फर्सी उसिनेर खाने, लाउन, बाबर, असिका, माणा, निसौसे, रोटलगायतका डोटेली खानाका मीठा परिकार पकाएर खाने र वृद्धवृद्धाबाट लोक कथा एव दन्त्य कथा सुन्ने सुनाउने प्रचलन छ।

पर्व मनाउन एक ठाउँमा भेला हुनेहरुले १५ हात लामो (झण्डै २० फिट लामो) दाउराको मुढोको आगो ताप्नुपर्ने र एकआपसमा हाँसोठट्टा गरी रमाइलो गर्दै रात बिताउनुपर्ने चलन छ। पर्वको तयारीस्वरुप आज विहानैदेखि हरेक घरका गृहणीहरुले आ–आफ्नो घरमा खानाका मीठा परिकार पकाउने तयारीमा लागेका छन्।

पर्वमा विवाहिता छोरीवेटीलाई घरमा आमन्त्रण गरी भव्य रुपमा स्वागत सत्कार गर्ने गरिन्छ। विशेष गरी रातमा नसुतेर यो पर्व मनाउने परम्परा रहेको भएपनि बदलिँदो परिवेशमा यसको खास महत्व दर्शाउने गरी मनाउने परम्परा भने हराउँदै जान थालेको स्थानीयवासी लोकराज भट्टले बताए।

सुदूरपश्चिममा मुख्य हिँउदेबालीका रुपमा लगाइने गहुँ छरेर फुर्सदिला बनेका बासिन्दा रातभर एक ठाउँमा जम्मा भएर रात अनिदोभै काट्ने गर्दछन्। रात काट्नका लागि दन्ते कथा र गाउँ खाने कथा सुनाएर रात काटने गरिन्छ। दन्ते कथा जान्नेहरु नजिकै गाउँका बासिन्दा जम्मा भएर कथा सुनाउन निकै कर गर्छन्।

दन्ते कथा भन्नेले परम्परागत शैलीमै कथा सुनाउँदै बिचमा गीतका माध्यमबाट कथालाई निकै आकर्षक ढङ्गले प्रस्तुत गर्दछन् । स्रोताले निकै ध्यान दिएर सुन्ने गर्दछन्। कथा भन्ने यति सिपालु हुन्छन्की कथामा यसपछि के हुन्छ भन्ने कौतुहलता पैदा गर्छन्।

कथा भट्याउने व्यक्ति सिपालु छ भने एउटै कथाले रात काटिएको पत्तोनै हुँदैन। राक्षस, भूत, प्रेत, देवता, प्रेम, राजासँग सम्बन्धित दन्ते कथा बढी प्रचलित छन्। जुन कथा बढी प्रचलित छ। त्यही कथा सुनाउनका लागि बढी माग हुने गर्दछ। दन्ते कथासँगै गाउँ खाने कथासमेत भन्ने गरिन्छ।

गाउँ खाने कथाको उत्तर दिन नसक्नेले गाउँ दिनुपर्ने हुन्छ। गाउँ दिएपछि मात्रै उत्तर भन्ने गरिन्छ। गाउँ खाने कथा भन्नेले निकै चलाखीपूर्वक प्रश्न सोध्ने गर्दछन्। पुसे पन्ध्र बनाउने चलन सुदूरपश्चिम प्रदेशमा प्राचीनकाल देखिनै चल्दै आएको हो । हाल पुसे पन्ध्रको मौलिता भने हराउँदै जान थालेको छ।

दन्ते कथा र गाउँ खाने कथा भन्ने चलन हराउँदै जान थालेको छ। कथा जान्ने व्यक्तिको अभाव र युवा पुस्ताले मनोरञ्जनका अन्य साधनप्रतिको आशक्तिले पुरानो चलन विर्षदै जान थालेका हुन्।

रात काट्नैका लागि कुनै गाउँमा डेउडा खेल्ने चलन रहेको छ। यो पर्व हाल औपचारिकतामा मात्रै सीमित भएको छ। आज हतियार नचाउने परम्परा पनि छ। घाँस काट्ने हँसिया, दाउरा चिर्ने बञ्चरो नचलाउने चलन रहेको छ । तिहारमा देउसी भैली खेलेर जम्मा भएका रकम खर्चेर वनभोज खाने यस अवसरमा गरिन्छ । विवाहिता दिदीबहिनीलाई यस अवसरमा घरमा बोलाएर विभिन्न पकवान पकाइ खुवाउने गरिन्छ।

पुस पन्ध्रपछि जाडो सकिँदै जाने जनविश्वासका कारण परम्परागतकाल देखिनै कञ्चनपुरसहित बैतडी, दार्चुला, डोटी, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, कैलाली, कञ्चनपुर र भारतको कुमाउ गढवाल क्षेत्रमासमेत रातभरि जाग्राम बस्दै आगो तापेर कथा कहानी सुनाएर र गीत गाएर पुसे पन्ध्र मनाउने गरिन्छ । यस बेलादेखि सूर्य उत्तरायण हुने भएकाले दिन लामा र रात छोटा हुने गर्दछन्।

अघिल्लो लेख पहाडी भेगमा आंशिक बदली, तराईका थोरै ठाउँहरुमा हुस्सु
अर्को लेख धनगढीकी एक किशोरी खैरो हेरोइनसहित पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा करार तथा ज्यालादारी कर्मचारीहरु स्थायी समायोजनको माग गर्दै आन्दोलनमा

२०८२ श्रावण १, बिहीबार २०:४६ गते
कैलाली

कैलारीमा अट्वारी पर्वमा दुई दिन बिदा

२०८१ भाद्र १८, मंगलवार १४:५८ गते
बैतडी

बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु

२०८१ कार्तिक ९, शुक्रबार १८:५६ गते
डडेल्धुरा

रुपालको बयलपाटा बजार : बडादसैँमा पनि छैन चहलपहल [फोटोफिचर]

२०८१ आश्विन २६, शनिबार १८:०५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?