यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: वैदेशिक सहायता बढ्यो, एक महिनामा सार्वजनिक ऋण २५ अर्ब ६४ करोडले घट्यो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: वैदेशिक सहायता बढ्यो, एक महिनामा सार्वजनिक ऋण २५ अर्ब ६४ करोडले घट्यो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अर्थ-वाणिज्य

वैदेशिक सहायता बढ्यो, एक महिनामा सार्वजनिक ऋण २५ अर्ब ६४ करोडले घट्यो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष ८, सोमबार १०:१९ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायता बढेको छ ।

चालू आर्थिक वर्ष २०८१/०८२ को पुस पहिलो हप्तासम्ममा दुई खर्ब दुई अर्ब ४० करोड रुपैयाँ बराबरको वैदेशिक सहायताको नयाँ प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।

गएको आर्थिक वर्षको यही अवधिमा प्राप्त प्रतिबद्धता ५९ अर्ब ९८ करोड रुपैयाँको तुलनामा चालु आर्थिक वर्षमा दुई सय ३७ प्रतिशतले प्रतिबद्धता बढेको अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले जानकारी दिए । उनका अनुसार यस अवधिमा वैदेशिक अनुदानको प्रतिबद्धता एक सय ५३ प्रतिशतले र वैदेशिक ऋणको प्रतिबद्धता दुई सय ८० प्रतिशतले बढेको हो ।

त्यसैगरी चालू आर्थिक वर्षको हालसम्मको अवधिमा प्राप्त वैदेशिक सहायता पनि गएको वर्षको समान अवधिको तुलनामा ३० प्रतिशतले बढेको प्रवक्ता भट्टराईले बताए। उनका अनुसार यस अवधिमा वैदेशिक अनुदान छ अर्ब ७५ करोड रुपैयाँ, वैदेशिक ऋण ३७ अर्ब ३३ करोड रुपैयाँ गरी कुल ४४ अर्ब आठ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त भई विभिन्न विकास निर्माणका क्षेत्रमा प्रयोग भएको छ ।

यसैबीच सरकारले चालु आर्थिक वर्षको ५ महिना अवधिमा १ खर्ब ७० अर्ब ५९ करोड रुपैयाँ बराबर सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानी गरेको छ ।

मङ्सिर मसान्तसम्म सरकारले वार्षिक बजेट विनियोजनको ४२ दशमलव ३५ प्रतिशत रकम ऋण तिर्न खर्च गरेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पछिल्लो ५ महिनामा सरकारले १ खर्ब ४९ अर्ब ६६ करोड रुपैयाँ आन्तरिक ऋण तथा २० अर्ब ९३ करोड रुपैया बाह्य ऋणको दायित्व घटाएको छ ।

मङ्सिर मसान्तसम्म साँवा भुक्तानीमा १ खर्ब ४४ अर्ब ५५ करोड रुपैयाँ र ब्याज भुक्तानीमा २६ अर्ब ३ करोड रुपैयाँ खर्च भएको छ । कार्यालयका अनुसार आन्तरिक ऋणको साँवा भुक्तानीमा १ खर्ब २७ अर्ब २४ करोड रुपैयाँ तथा ब्याज भुक्तानीमा २२ अर्ब ४२ करोड रुपैयाँ खर्च भएको छ ।

त्यस्तै बाह्य ऋणको साँवा भुक्तानीमा १७ अर्ब ३१ करोड रुपैयाँ तथा ब्याज भुक्तानीमा ३ अर्ब ६१ रुपैयाँ खर्च भएको देखिएको छ । विदेशी मुद्राको विनिमय दरमा आएको परिवर्तनका कारण बाह्य ऋणमा १० अर्ब ५७ करोड दायित्व थप भएको कार्यालयले जनाएको छ ।

मङ्सिर मसान्तसम्म सरकारले १ खर्ब ६४ अर्ब रुपैयाँ बराबर आन्तरिक ऋण तथा २८ अर्ब २९ करोड रुपैयाँ बाह्य ऋण प्राप्त गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पछिल्लो १ महिनामा सार्वजनिक ऋण २५ अर्ब ६४ करोड रुपैयाँले घटेको छ ।

सरकारले मङ्सिर महिनामा ५८ अर्ब २४ करोड रुपैयाँ ऋण भुक्तानी गरेपछि सार्वजनिक ऋण साढे २५ अर्ब रुपैयाँले घटेको हो । मङ्सिर महिनामा सरकारले २१ अर्ब २३ करोड रुपैयाँ ऋण प्राप्ती गरेको छ भने ५८ अर्ब २४ करोड रुपैयाँ तिरेको देखिन्छ ।

चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा भने सार्वजनिक ऋण ५८ करोड ३१ अर्ब रुपैयाँ थपिएको छ । योसँगै मङ्सिर मसान्तसम्म कुल तिर्न बाँकी सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब ४१ करोड रुपैयाँ रहेको छ ।

अघिल्लो लेख रवि लामिछाने हिरासतमा सुतेको फोटो सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ
अर्को लेख बाजुरामा भूकम्पले क्षति भएका घरहरुको यकिन विवरण सङ्कलनमा अलमल
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यप्रदेशसमाचारसुदूरपश्चिम प्रदेश

काफल: स्वादको स्रोत र सम्भावनाको फल

२०८२ बैशाख ९, मंगलवार १३:४९ गते
अर्थ-वाणिज्यराष्ट्रिय

डिजेलको मूल्य प्रतिलिटर तीन रुपियाँ वृद्धि

२०८१ मंसिर १, शनिबार १२:५९ गते
अर्थ-वाणिज्यसमाचार

एमआरपी लागू गर्न सहज नभएको व्यापारीहरुको भनाइ

२०८२ जेष्ठ १, बिहीबार १०:१९ गते
अर्थ-वाणिज्य

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

२०८१ कार्तिक १, बिहीबार ०६:३२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?