काठमाडौं : नेपाल प्रिमियर लिगमा चितवन राइनोजका रवि बोपराले अर्धशतक प्रहार गरेका छन्।
कर्णालीले दिएको १७६ रनको लक्ष्य भेट्टाउने क्रममा बोपराले ३२ बलमा ५१ रन बनाएका हुन्।
यसअघि आजको खेलमा कर्णालीका लागि जयकिशन कोल्सावाला र विलियम बसिस्टोले पनि चितवनविरूद्ध अर्धशतक बनाएका थिए।





