यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: संक्रमणकालीन न्यायसम्बन्धी आयोगको पदाधिकारी सिफारिशमा सहमति जुटेन : अर्को समिति बनाउन सिफारिश
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: संक्रमणकालीन न्यायसम्बन्धी आयोगको पदाधिकारी सिफारिशमा सहमति जुटेन : अर्को समिति बनाउन सिफारिश
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

संक्रमणकालीन न्यायसम्बन्धी आयोगको पदाधिकारी सिफारिशमा सहमति जुटेन : अर्को समिति बनाउन सिफारिश

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष २, मंगलवार ०८:१६ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको पदाधिकारी चयन अलपत्र परेको छ ।

पदाधिकारी सिफारिश गर्न गठित सिफारिश समिति अर्थात (सर्च कमिटी)ले पदाधिकारी सिफारिशको निर्णय गर्न नसकेपछि समिति नै बिघटन भएको छ ।

यसबाट १८ वर्षदेखि थाती रहेको संक्रमणकालीन न्यायको प्रकृया फेरि पछाडि धकेलिएको छ । म्याद सकिनु अगाडि सर्च कमिटीले अर्को सर्च कमिटी बनाउन सिफारिश समेत गरेको छ । दुई महिनाको समय दिएर सरकारले २०८१ साल कात्तिक दुई गते सर्च कमिटी गठन गरेको थियो ।

सर्च कमिटीका प्रवक्ता खम्बबहादुर खातीले सूचना निकालेर अर्को सर्च कमिटी बनाउन अनुरोध गरिएको उल्लेख गर्नुभएको छ । ‘दुवै आयोगका अध्यक्ष र सदस्यको नाम सिफारिशसम्बन्धी प्रक्रिया पुनः प्रारम्भ गर्न उपयुक्त हुने देखिएकोले यससम्बन्धी प्रकिया पुनः प्रारम्भ गर्न नेपाल सरकार, मन्त्रिपरिषद्लाई अनुरोध गरिएको छ’ गएराति निकालिएको सूचनामा उल्लेख छ ।

अल्पमत र बहुमतमा गएर निर्णय गर्नु राम्रो नहुने निष्कर्षसहित फेरि प्रकृया थाल्नुपर्ने निर्णयमा पुगिएको सूचनामा भनिएको छ । दुवै आयोगमा एकरएक जना अध्यक्ष र चाररचार जना सदस्य रहन्छन् ।

दुई आयोगको अध्यक्षका लागि सर्ट लिस्टमा सुदीप पाठक, डिल्लीराज आचार्य, अच्युतप्रसाद भण्डारी, विजय सिँजापति, विश्वराज कोइराला, महेश थापा, शेरबहादुर केसी र काशीराज दाहाल रहेका थिए ।

वि।सं।२०७९ साउनदेखि संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोग पदाधिकारीविहीन छ । आयोगमा नियुक्तिका लागि ओमप्रकाश मिश्र संयोजकत्वको सिफारिश समितिले कात्तिक २३ मा सार्वजनिक सूचना निकालेर आवेदन माग गरेको थियो । राजनीतिक तहमा सहमति जुट्न नसक्दा आयोगमा पदाधिकारी चयन कार्य अलपत्र परेको टिका–टिप्पणी भइरहेको छ ।

शान्ति प्रक्रियाका कामहरू टुङ्गोमा नपुग्नुको पछाडि रहेका अन्तर्निहित कारणको समीक्षा तथा त्यसको वस्तुनिष्ठ विश्लेषण गरेर मात्र आयोगका पदाधिकारीको चयन गर्दा शान्ति प्रक्रिया निष्कर्षमा पुग्छ भन्नेमा समितिले विश्वास गरेको छ ।

अघिल्लो लेख १९ वर्षमुनिको महिला एशिया कपमा नेपालले आज भारतसँग खेल्दै
अर्को लेख गणपूरक संख्या नपुगेर हिजो बस्न नसकेको अर्थ समितिको बैठक आज
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना

२०८२ असार २४, मंगलवार ०८:०२ गते
राष्ट्रियसमाचार

गाडी बन्दको मौका छोपी बढी भाडा लिने पाँच सयभन्दा धेरै राइड शेयरिङ चालक कारबाहीमा

२०८२ जेष्ठ २१, बुधबार ०९:५४ गते
राजनीतिराष्ट्रिय

ओली प्रधानमन्त्री भएपछि प्रतिगमनको खतरा बढ्यो : केसी

२०८१ श्रावण १, मंगलवार १८:३९ गते
राष्ट्रिय

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

२०८१ मंसिर ६, बिहीबार १३:५४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?