यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३१ आईतवार
2026, Jun 14, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मोबाइल र इन्टरनेटको पहुँचसँगै विद्युतीय भुक्तानी कारोबार बढ्दो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३१ आईतवार
2026, Jun 14, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मोबाइल र इन्टरनेटको पहुँचसँगै विद्युतीय भुक्तानी कारोबार बढ्दो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अर्थ-वाणिज्य

मोबाइल र इन्टरनेटको पहुँचसँगै विद्युतीय भुक्तानी कारोबार बढ्दो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष १, सोमबार ०९:५३ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –मोबाइल र इन्टरनेटको पहुँचसँगै विद्युतीय भुक्तानी कारोबार बढेको छ ।

त्यसमा पनि क्यूआर अर्थात क्विक रेस्पोन्स कोडमा आधारित भुक्तानी उच्च दरले बढेको छ । नेपाल राष्ट्र बैंकले केही दिनअघि सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो वर्षको कात्तिकमा अघिल्लो वर्षको कात्तिकको तुलनामा झण्डै तीन गुणाले विद्युतीय भुक्तानीको कारोबार बढेको छ ।

गएको कात्तिकमा मात्रै ९४ खर्ब ८६ अर्ब ४६ करोड रुपैयाँ बराबरको विद्युतीय भुक्तानी भएको छ । गएको वर्षको कात्तिक महिनामा ३४ खर्ब ४६ करोड ८३ लाख रुपैयाँ बराबरको मात्र यस्तो कारोबार भएको थियो ।

विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र नागरिकको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण कारोबार बढ्दै गएको हो ।

विद्युतीय भुक्तानी सेवा, आइपीएस, कनेक्ट आइपीएस, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट र क्यूआरमार्फतको भुक्तानी तथा प्रयोगकर्ताको सङ्ख्या पनि बढेको राष्ट्र बैंकको तथ्याङ्क छ । विद्युतीय भुक्तानी कारोबारसँगै ठगीका घटना पनि बढेकाले सचेत हुन राष्ट्र बैंकले आग्रह गर्दै आएको छ ।

राष्ट्र बैंकका अनुसार विद्युतीय माध्यमबाट रकम पठाउँदा हतार नगरी रकम प्राप्त गर्ने व्यक्तिको नाम, खाता नम्बर, पठाउनुपर्ने रकमलगायत सबै विवरण ठिक छ भन्ने यकिन गर्नुपर्छ ।

खासगरी रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर प्रयोग गरी रकम ट्रान्सफर गर्दा त्रुटि हुने घटना बढी देखिएकोले रकम पाउनेको नाम तथा मोबाइल नम्बर ठीक रहे, नरहेको यकिन गर्नुपर्छ । यस्तै बलियो पासवर्डको प्रयोग गर्नुपर्छ ।

कारोबार गर्दा प्रयोग हुने पासवर्ड, पिन कोड, ओटीपी, टोकन नम्बरजस्ता संवेदनशील वित्तीय जानकारी अरु कसैलाई पनि दिन हुँदैन । यस्तै मोबाइल बैंकिङ, डिजिटल वालेट आदिबाट हुने कारोबारमा सीमा तोक्ने बानी बसाल्नु पर्छ ।

विद्युतीय कारोबारको गति द्रूत हुने र कारोबारको जालो जटिल हुने भएकाले रकम पठाइसकेपछि वित्तीय ठगहरूबाट रकम फिर्ता गर्न जटिल हुने भएकाले यस्तो कारोबार गर्दा पहिल्यै नै सुरक्षित र सचेत रहन राष्ट्र बैंकको आग्रह छ ।

अघिल्लो लेख कर्णालीविरुद्ध टस जितेको सुदूरपश्चिम फिल्डिङमा
अर्को लेख फ्रान्समा आँधीका कारण धेरैको ज्यान गएको आशङ्का
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

२०८१ असार १८, मंगलवार ०९:५९ गते
अर्थ-वाणिज्यसमाचार

शेयर बजार १५ अङ्कले बढ्यो, ४ अर्ब १० करोड रुपैयाँको कारोबार

२०८२ मंसिर २, मंगलवार १६:२६ गते
अर्थ-वाणिज्य

सुनको भाउ एकैदिन ४ हजार ६ सय रुपैयाँले घट्यो

२०८२ बैशाख १८, बिहीबार १२:१८ गते
अर्थ-वाणिज्यसमाचार

सुनको भाउ तोलामा एक हजार एक सय रुपैयाँले बढ्यो

२०८२ असार २९, आईतवार १४:३० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?