यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डडेल्धुराका लक्ष्मण शिक्षण पेसा छोडेर किबीबाट कमाउँदैछन् वार्षिक १० लाख
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: डडेल्धुराका लक्ष्मण शिक्षण पेसा छोडेर किबीबाट कमाउँदैछन् वार्षिक १० लाख
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
डडेल्धुरा

डडेल्धुराका लक्ष्मण शिक्षण पेसा छोडेर किबीबाट कमाउँदैछन् वार्षिक १० लाख

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २७, बिहीबार १४:२१ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

डडेल्धुराःडडेल्धुराको आलिताल गाउँपालिका–२ लामिटुडाका ४१ वर्षीय लक्ष्मण थापा मगरले व्यावसायिक रूपमा किबी खेती गरी वार्षिक १० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन्।

२०७० सालदेखि किबी खेती सुरु गरेका मगरको दैनिकी किबीको हेरचाह, गोडमेल, बजार व्यवस्थापनलगायतमा बित्दै आएको छ। उनको बगानमा लटरम्म पाक्न लागेका ६० क्विन्टल जति किबीे फलेको छ। शिक्षण पेसालाई छाडेर ‘ध्रुव कृषि फार्म’ दर्ता गरी व्यावसायिक किबी खेती थालेका मगरले अहिले १५ रोपनीभन्दा बढी क्षेत्रफलमा खेती गरिरहेको बताए।

किबी खेतीमा सम्भावना देखेर यो पेसा अपनाएको बताउँदै उनले सुरुमा दोलखाबाट ११० बोट ल्याएर खेती गरेको बताए। कैलाली, डडेल्धुरा, बैतडी, काठमाडौँलगायत जिल्लामा किबी बिक्री हुँदै आएको उनले बताए। किबी खेतीसम्बन्धी विभिन्न ठाउँमा पुगेर विज्ञहरूबाट तालिमसमेत लिएको भन्दै मगरले बिबिसी नेपाली सेवामा प्रसारण हुने ‘साझा सवाल’ कार्यक्रममा किबी खेतीबारे छलफल सुनेपछि सुरु गरेको बताए।

२०७३ मा पहिलो पटक तीन क्विन्टल उत्पादन भएको बताउँदै उनले अहिले वार्षिक ७० देखि ७५ क्विन्टलसम्म उत्पादन हुने गरेको बताए। सुरुका वर्ष प्रतिकिलो पाँच सयका दरले बिक्री गरेको जनाउँदै मगरले पछिल्लो समय बिक्री मूल्य घटे पनि उत्पादन बढी हुन थालेकाले आम्दानीमा वृद्धि भएको बताए।

पछिल्लो समय ७५ क्विन्टलसम्म उत्पादन भएको बताउँदै मगरले आगामी वर्षदेखि अनुमानित एक सय ५० क्विन्टलसम्म उत्पादन हुने गरी खेती विस्तार गर्न लागेको बताए। हाल बिरुवा र फलबाट वार्षिक १० लाख भन्दा बढी आम्दानी गर्दै आएका मगर आगामी वर्षदेखि आम्दानी वृद्धि हुनेमा ढुक्क छन्। ६ देखि ८ मिटरको दूरीमा रोपिने किबीलाई अन्य बालीलाई भन्दा कम मेहनत गर्दा पनि पर्याप्त उत्पादन लिन सकिने मगरले बताए। लहरे फलका रूपमा रहेका किबीले लगाएको तीन वर्षदेखि फल्न सुरु भई ५० वर्षसम्म निरन्तर उत्पादन दिने गर्छ। किबी फललाई चाउरीपन, उच्च रक्तचाप, पोषण, छाला तथा मुटुका रोगीले सेवन गर्नु फाइदाजनक मानिने चिकित्सकहरू बताउँछन्।

अघिल्लो लेख नेपाल र एडीबीबीच दुई वटा परियोजनाका लागि २१ अर्ब २३ करोड रुपैयाँको सहयोग सम्झौता
अर्को लेख दुई पटक म्याद थप्दा पनि बनेन पुल
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अछामअन्तर्राष्ट्रियअर्थ-वाणिज्यकृषिकैलालीखेलकुदगृहडडेल्धुराडोटीदार्चुलाबझाङबाजुराबैतडीसमाचार

सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

२०८१ असार १४, शुक्रबार १०:५१ गते

आज राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाईंदै

२०८१ असार १५, शनिबार ०९:५८ गते
डडेल्धुराबैतडी

डडेल्धुरामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

२०८१ आश्विन ३०, बुधबार ०७:११ गते
डडेल्धुरा

जुवा मुद्दामा फरार रहेका डडेल्धुराका ५ जना पक्राउ

२०८१ श्रावण ३१, बिहीबार १४:३३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?