यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: १८ वर्षीय नरेनले चम्काएको सुदूरपश्चिम
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: १८ वर्षीय नरेनले चम्काएको सुदूरपश्चिम
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

१८ वर्षीय नरेनले चम्काएको सुदूरपश्चिम

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २१, शुक्रबार ००:४७ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौँ ।त्रिवि मैदान कीर्तिपुरमा नेपाल प्रिमियर लिग (एनपीएल)को रौनकता चुलिँदै गर्दा टोलीको लक्ष्य र नारालाई खेलाडीको प्रदर्शनले पनि साकार बनाई रहेको छ ।

‘मैदानमा तुफान सुदूरको सान’ यो एनपीएलका लागि सुदूरपश्चिम रोयल्सले तय गरेको नारा हो । सुदूरपश्चिमले नारा अनुसार नै आफ्नो प्रदर्शनलाई चुस्त बनाई रहेको छ । लिगको सुरुवाती दुई खेलमा लगातार जित निकालेको सुदूरपश्चिमले बिहीबार पनि बलियो र महँगो टोली काठमाडौँ गुर्खाजलाई लज्जास्पद हार चखायो । औसत ब्याटिङ गरेको सुदूरपश्चिमले बलिङमा भने बेजोड प्रदर्शन गरेको थियो ।

सुदूरपश्चिमलाई जितको हकदार बनाउने काम नेपाली यु–१९ राष्ट्रिय टोलीका स्पिनर नरेन साउदले गरे । बुधबार मात्र संयुक्त अरब इमिरेट्स (युएई)मा भएको एसिसी यु–१९ एसिया कप खेलेर फर्कनु भएका नरेनले बिहीबार एक्लै पाँच विकेट चड्काएपछि उनी वाहवाहीको पात्र बनेका हुन् ।

नरेनले ३.५ ओभर बलिङ गर्दै १९ रन खर्चिएर पाँच विकेट लिए । १८ वर्षीय नरेन जारी लिगको एउटै खेलमा पाँच विकेट लिने पहिलो नेपाली बलर हुन् । यसअघि चितवनका सोहेल तनवीरले काठमाडौँविरुद्ध नै एक्लै पाँच विकेट लिएका थिए । पाकिस्तानका ३९ वर्षीय पेस बलर सोहेलले पाँच विकेट लिने क्रममा चार ओभर पुरै बलिङ गर्दै २१ रन खर्चिएका थिए ।

‘‘राति देखिनै मैले राम्रो खेल्दै प्येयर अफ दि म्याच बन्छु भन्ने सोचेको थिए । आज सोचे अनुसार खेल्न सकेँ । ठुला र नाम चलेका खेलाडीको बिचमा पहिलो खेलमै यस्तो प्रदर्शन गर्न सकेकोमा धेरै खुसी छु । आज कप्तान दीपेन्द्र दाइले पनि मलाई राम्रो मोटिभेसन गरिराख्नुभएको थियो । हरेक बलमा बाउन्ड्री गएपनि केही छैन । तिमिले राम्रो बल फ्याँक्छौँ । हामीलाई विश्वास छ, तिमिले विकेट निकाल्छौँ भनेर सम्झाउनुभएको थियो,’’ खेलपछि नरेनले भने ।

एनपीएलमा नरेनको यो डेब्यु खेल हो। सुदूरपश्चिमका कप्तान दीपेन्द्रले पनि नरेन राम्रो बलर रहेको भन्दै उनको प्रदर्शनका खुसी व्यक्त गरे । बिहीबार काठमाडौँ गोर्खाजलाई ७३ रनले हराएको हो । लिगमा झनै लयमा जनकपुर बोल्ट्स देखिएको छ ।

लगातार तीन खेल जित्दै शीर्षस्थानमा रहेको जनकपुरले बिहीबार पोखरा एभेन्जर्सलाई सात विकेटले हरायो । अनिल शाहको कप्तानीमा रहेको जनकपुर ब्याटिङ र बलिङ दुवैमा ‘ब्यालेन्स’ देखिएको छ । जनकपुरले आफ्नो पहिलो खेलमा विराटनगर किंग्सलाई र दोस्रो खेलमा कर्णाली याक्सलाई समान आठ विकेटले हराएको थियो । गोरखापत्रबाट

अघिल्लो लेख कैलालीमा स्कुल बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
अर्को लेख आज विवाहपञ्चमी : जनकपुरमा विशेष उत्सव
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रियअर्थ-वाणिज्यकृषिखेलकुदगृहसमाचार

गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र: अध्यक्ष ओली

खेलकुद

सिस्नेरी एन्फा एकेडेमी पहिरोपीडित परिवारले लगाए एन्फामा ताला

२०८१ मंसिर ६, बिहीबार १३:३६ गते
खेलकुद

सुदूरपश्चिमले काठमाण्डौलाई ७३ रनले हरायो, नरेनले लिए पाँच विकेट

२०८१ मंसिर २०, बिहीबार १६:२१ गते
खेलकुद

नेपाल सुपर लिग आजदेखि : उद्घाटन खेलमा ललितपुर र काठमाण्डौंले खेल्दै

२०८१ चैत्र १६, शनिबार १०:५३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?