यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नागढुंगा सहकारीका अध्यक्ष पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नागढुंगा सहकारीका अध्यक्ष पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

नागढुंगा सहकारीका अध्यक्ष पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १९, बुधबार ०८:१४ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

पर्वत : जिल्लाको फलेवास नगरपालिका–१ कार्कीनेटामा रहेको नागढुङ्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेड सहकारी संस्थाका अध्यक्ष पक्राउ परेका छन्।

सहकारीका सञ्चालक तथा व्यवस्थापकबाट रकम हिनामिना भई सहकारी ऐन अन्तर्गतको ठगी भएको भन्दै सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरामा उजुरी परेपछि यो सहकारीमाथि अनुसन्धान चलिरहेको छ।

सहकारी रजिष्ट्रारको कार्यालयले गरेको अनुसन्धानमा उक्त सहकारीका सञ्चालकहरूले पाँच करोड ६४ लाख ५३ हजार तीन सय ७९ रुपैयाँ हिनामिना गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको थियो।

यही प्रकरणमा प्रहरीले सहकारीका अध्यक्ष ६४ वर्षीय नारायण श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय पर्वत तथा प्रहरी वृत्त बालाजु काठमाडौंको संयुक्त टोलीले पक्राउ गरेको हो।

गत मङ्सिर १७ गते काठमाडौंको तारकेश्वर नगरपालिका–८ शान्तिटोलबाट श्रेष्ठ पक्राउ परेका हुन्। उनलाई मङ्सिर १८ मा नै जिल्ला अदालत पर्वतमा उपस्थित गराइएकोमा अदालतको आदेशले पुर्पक्षको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्टले बताए।

यही प्रकरणमा सहकारीका दुई जना पदाधिकारीहरू यसअघि नै थुनामा परिसकेका छन्। सहकारीका कोषाध्यक्ष ५९ वर्षीय दीर्घनारायण शर्मालाई गत कातिक १० गते प्रहरीले नियन्त्रणमा लिएको थियो। यस्तै फलेवास–२ थापाठाना घर भएका २६ वर्षीय अनिलबहादुर थापा कार्तिक २६ मा नेपाल र छिमेकी मुलुक भारतको सिमानामा पर्ने झापाको मेचीनगर नगरपालिका– ६ काकडभित्ताबाट पक्राउ परेका थिए।

उनीहरूलाई अदालत पेस गरिएकोमा पर्वत जिल्ला अदालतमा गत मङ्सिर सात गते भएको थुनछेक आदेशले दुवै जनालाई पुर्पक्षको लागि जिल्ला कारागार पर्वतमा चलान गरिसकेको छ।

सहकारीका सञ्चालक तथा व्यवस्थापकबाट रकम हिनामिना भई सहकारी ऐन अन्तर्गतको ठगी भएको उजुरीपछि सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराले यस प्रकरणमा अध्ययन सुरु गरेको थियो।

सहकारी ऐन, २०७४ अन्तर्गतको सहकारी ठगी मुद्दामा अनुसन्धानको क्रममा चार सय पाँच जनाको तर्फबाट सञ्चालक तथा व्यवस्थापकहरू विरुद्ध किटानी जाहेरी परेको थियो।

अघिल्लो लेख राष्ट्रपति पौडेल अस्पताल भर्ना
अर्को लेख दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

२०८२ पुष १४, सोमबार १०:४९ गते
गृहप्रदेशराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

अबको तीन दिनसम्म केही नदी र खोलामा बाढीको जोखिम

२०८१ असार २१, शुक्रबार १२:१४ गते
राष्ट्रिय

भारतमा भेटिए सिमलताल दुर्घटनाका २ यात्रीका शव

२०८१ श्रावण ४, शुक्रबार १२:४५ गते
राष्ट्रिय

स्कुल बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

२०८१ पुष ३, बुधबार ०९:५८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?