यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ६४ लाख पासपोर्ट छाप्न टेन्डर आह्वान
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ६४ लाख पासपोर्ट छाप्न टेन्डर आह्वान
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

६४ लाख पासपोर्ट छाप्न टेन्डर आह्वान

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १४, शुक्रबार ०८:३९ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं :राहदानी विभागले एकैपटक ६४ लाख थान राहदानी छपाइका लागि टेन्डर आह्वान गरेको छ।

बिहीबार विभागले बोलपत्र आह्वान गर्दै २ वटा प्याकेजमा आवेदन मागेको हो। विद्युतीय राहदानी प्रणालीको प्रि–इनरोलमेन्ट, इनरोलमेन्ट, डाटा म्यानेजमेन्ट र डेलिभरी सिस्टमका लागि पहिलो प्याकेज बनाइएको छ।

दोस्रो प्याकेजको ठेक्कामा भने पर्सनलाइजेसनसहितको बुकलेट, गुणस्तर नियन्त्रण र प्याकिङ सिस्टमको काम राखिएको छ। विभागले ४५ दिनको म्याद राखेर पासपोर्टको ठेक्का गरेको हो। १२ जनवरी २०२५सम्म इच्छुक कम्पनीले बोलपत्र पेश गर्न पाउनेछन्।

विभागमाथि अहिले चालु ठेक्का भेरिएसन गरेर संलग्न कम्पनीलाई थप काम दिन दबाब थियो। २० डिसेम्बर २०२० मा राहदानी विभागले फ्रान्सको ‘आईडीईएमआईए आइडिन्टी एन्ड सेक्युरिटी’ सँग ई–पासपोर्ट छपाइका लागि दुई अर्ब ४८ करोड रुपैयाँमा खरिद सम्झौता गरेको थियो।

यो ठेक्काअनुरूप आईडीईएमआईए आइडिन्टी एन्ड सेक्युरिटीलाई २० लाख मात्रै पासपोर्ट छपाइ भए पछि २ असार २०८०को मन्त्रिपरिषद्‍को निर्णयअनुसार थप २८ लाख पासपोर्ट सोही ठेक्का भेरिएसन गरेर छाप्न दिने निर्णय भएको थियो।

अब फेरि त्यसैगरी दोस्रो पटक २० लाख पासपोर्ट छाप्ने गरी ठेक्का भेरिएसन गर्न दबाब भएपछि विभागले ढिला गरी पासपोर्ट छपाइका लागि टेन्डर आह्वान गर्ने निर्णय गरेको हो।

हाल विभागसँग करिब १३ लाख छपाइ गर्न बाँकी पासपोर्ट मौज्दात छ। विभागले मासिक औसत १ लाखको पासपोर्ट वितरण गर्दै आएको छ। यस्तो अवस्थामा अब मौज्दात पासपोर्टले बढीमा एक वर्ष मात्रै धान्ने अवस्था छ। अब नयाँ टेन्डर प्रक्रिया पूरा भएर कहिलेसम्म खरिद सम्झौता हुन्छ भन्ने यकिन छैन।

विभागका महानिर्देशक तीर्थराज अर्यालले ६४ लाख थान पासपोर्ट छपाइका लागि भएको टेन्डर प्रक्रिया पुर्‍याएर छिट्टै सम्झौता हुने बताए।

अघिल्लो लेख सहकारी ठगी प्रकरणमा रवि लामिछानेको बयान : आजदेखि काठमाडौंमा
अर्को लेख चरेश मुद्दामा फरार रहेका डडेल्धुराको एक जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राजनीति

स्थानीय तहमा रिक्त ३४ पदमा मङ्सिरमा उपनिर्वाचन गर्न सुझाव

२०८१ श्रावण २८, सोमबार १९:२७ गते
राजनीति

दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर, पाँच वर्ष कैद सजाय

२०८१ कार्तिक २०, मंगलवार २१:११ गते
कैलालीराजनीति

जेल जाने अवस्था आएपछि काङ्ग्रेस-एमाले एक भए : पूर्वमन्त्री धामी

२०८१ श्रावण २१, सोमबार १७:३८ गते
राजनीतिराष्ट्रियसमाचार

जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल जाँदैछिन् प्रधानमन्त्री कार्की

२०८२ भाद्र २८, शनिबार १४:२९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?