धनगढीःबझाङ घर बताउने ६ वर्षीय बालक धनगढीमा फेला परेका छन्।
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मित्रनगर नजिकै ती बालक अलपत्र अवस्थामा भेटिएका हुन्। स्थानीय जगदिश भट्ट सडकमा रुदै गरेको अवस्थामा ती बालकलाई फेला पारेका हुन्। करिब ६ बर्षका ती बालकले आफ्नो घर बझाङ भएको र काकीसँग धनगढी आएको बताएको बालक फेला पारेर प्रहरीमा बुझाएका भट्टले बताए।





