यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सामाजिक सञ्जाल दुरुपयोगले समाज विषाक्त भयोः नगरप्रमुख हमाल
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सामाजिक सञ्जाल दुरुपयोगले समाज विषाक्त भयोः नगरप्रमुख हमाल
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
प्रदेशसमाचार

सामाजिक सञ्जाल दुरुपयोगले समाज विषाक्त भयोः नगरप्रमुख हमाल

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक २८, बुधबार १९:५० गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढी-धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले सामाजिक सञ्जालको दुरुपयोग भए समाजमा अराजकता बढ्ने बताएका छन्।

कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘कान्तिपुर कन्क्लेभ–२०२४’ अन्तर्गतको ‘सामाजिक सञ्जालः दुईधारे तरबार’ विषयक सत्रमा बोल्दै उनले सामाजिक सञ्जालको सकारात्मक र नकारात्मक दुवै पक्ष रहेको औंल्याए।
उनले नेपाली समाज सामाजिक सञ्जालकै दुरुपयोगका कारण विषाक्त बन्न पुगेको टिप्पणी गरे।

‘धेरै मान्छेहरू सामाजिक सञ्जालमा चटक देखाउने कुरामा मात्र लागेँ,’ उनले भने, ‘यसले नेपाली समाजलाई विषाक्त बनाएको छ।’ सामाजिक सञ्जालमा पनि सक्रिय नगरप्रमुख हमालले यसको सदुपयोग गरेर धनगढी उपमहानगरपालिकाले सेवा प्रवाह गरिरहेको बताए। ‘हामी सामाजिक सञ्जालबाटै जनताको गुनासोहरू थाहा पाउँछौं। ती गुनासोलाई सूचनाको रुपमा लिन्छौं,’ उनले भने, ‘हाम्रो कामकारबाही पनि त्यहिअनुसार सञ्चालन गछौं।’

सामाजिक सञ्जालमा गहिराइमा पुगेर बास्तविक कुरा मात्रै सम्प्रेषण गनुपर्ने उनले सुनाए। सामाजिक सञ्जालबाटै जनताका गुनासो सुनेर उपमहानगरपालिकाले सेवाप्रवाहमा सुधार गर्ने गरेको उनले बताए। सामाजिक सञ्जालकै दुरुपायोगका कारण देश र समाजप्रति बालबालिकाको नकारात्मक धारणा बनेको उनले औंल्याए। ‘नागरिकले राज्यलाई नपत्याउने अवस्था आएको छ।

राज्यको कुनै कुरा स्वीकार्न नागरिक तयार छैनन,’ मेयर हमालले थपे, ‘यो गम्भीर अवस्था हो। जनताको आवश्यकता र चाहाना बुझेर राजनीतिक नेतृत्वअघि बढनुपर्छ।’ राजनीतिक दल र नेतृत्वले पनि गलत कुरा मात्रै सिकाएको आरोप उनले लगाए। ‘दलहरू भत्काउनुपर्छ, ठोक्नुपर्छ मात्र भन्छन् यसले पनि समाजमा नकारात्मक धारणा बढेको हो,’ उनले भने।

अर्को प्रसंगमा नगरप्रमुख हमालले स्वतन्त्र उम्मेदवारले चुनाव जितेर भन्दा पनि नागरिक स्वतन्त्र भए मात्र मुलुक परिवर्तन हुने बताए। ‘नागरिकले चुनावको दिनमा नेता भन्दा पनि देशको मुख हेर्छु भनेर मतदान गर्नुपर्छ,’ उनले भने, ‘हर्क साम्पाङ, बालेन शाहले चुनाव जितेर मात्र देश विकास हुँदैन।’ हमालले पनि स्वतन्त्र उमेदवारी दिएर निर्वाचन जितेका थिए। नेतृत्वको लोभ र डर त्यागेर काम गर्न सके देश विकास हुने उनले औंल्याए। –कान्तिपुरबाट

अघिल्लो लेख बझाङमा चामल बोकेको ट्रक दुर्घटना (भिडियोसहित)
अर्को लेख धनगढीमा दुई दिन विद्युत् सेवा अवरुद्ध हुने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

अमेरिकाले आजदेखि मेक्सिको, क्यानडा र चिनियाँ वस्तु तथा सामग्रीमा थप कर लगाउँदै

२०८१ माघ १९, शनिबार ११:१८ गते
अन्तर्राष्ट्रिय

नाइजेरियामा ट्याङ्कर दुर्घटनापछि विस्फोट हुँदा तेल सङ्कलन गर्न पुगेका ७७ जनाको ज्यान गयो

२०८१ माघ ६, आईतवार १०:०५ गते
खेलकुद

तीन वर्षपछि ‘बी’ डिभिजन लिग माघमा हुँदै

२०८१ मंसिर ७, शुक्रबार ०८:३० गते
राजनीतिराष्ट्रियसमाचार

जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल जाँदैछिन् प्रधानमन्त्री कार्की

२०८२ भाद्र २८, शनिबार १४:२९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?