कलाकार राजेश हमाल लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडर नियुक्त भएका छन् । नेपाल प्रिमियर लिग ९एनपीएल०को फ्रेन्चाइज लुम्बिनीले सोमबार एक कार्यक्रम गर्दै हमाललाई ब्राण्ड एम्बासडरको रुपमा सार्वजनिक हो ।
नेपाली चलचित्रका महानायकका रुपमा परिचित राजेश हमालले क्रिकेटसँग आफ्नो नजिकको सम्बन्ध रहेको र लुम्बिनीको ब्राण्ड एम्बासडर बन्दा खुशी लागेको बताए ।
सम्झौताको अवधि एक वर्षका लागि रहेको लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले बताए । सम्झौताको रकम भने खुलाइएको छैन ।





