यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैङ्कको भोगचलनपछि धितोमा धनीको हक नलाग्ने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैङ्कको भोगचलनपछि धितोमा धनीको हक नलाग्ने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अर्थ-वाणिज्यराष्ट्रिय

बैङ्कको भोगचलनपछि धितोमा धनीको हक नलाग्ने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन १९, शनिबार ११:३४ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौँ । सर्वोच्च अदालतले बैङ्क तथा वित्तीय संस्थाले सकार गरेको गैरबैङ्किङ सम्पत्तिलाई बैङ्किङ सम्पत्तिमा रूपान्तरण गरेपछि धितो धनीले हकदाबी गर्न नपाउने व्याख्या गरेको छ ।

बैङ्क तथा वित्तीय संस्थासम्बन्धी प्रचलित कानुन, राष्ट्र बैङ्कद्वारा जारी निर्देशिकाको व्याख्या गर्दै अदालतले बैङ्किङ सम्पत्तिका रूपमा उपभोग गरिसकेको सम्पत्तिमा फिर्ता माग गर्ने अधिकार धितो धनीलाई नहुने व्याख्या गरेको हो ।

नेपाल राष्ट्र बैङ्क, नेपाल बैङ्क लिमिटेडसमेत विपक्षी भएको मुद्दामा न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र बालकृष्ण ढकालको संयुक्त इजलासले २०८१ असार २० गते उक्त फैसला गरेको हो । फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो ।

बैङ्किङ सम्पत्तिमा लेखाङ्कन भएपछि त्यस्तो सम्पत्ति सम्बन्धित धनीलाई फिर्ता दिनु न्यायोचितसमेत नहुने अदालतले व्याख्या गरेको छ । गैरबैङ्किङ सम्पत्तिमा समेत बैङ्कले सकार गरेको वा तेस्रो व्यक्तिमा हक हस्तान्तरण भए पनि धितो धनीले माग गर्दै फिर्ता प्रक्रियाका लागि बैङ्क तथा वित्तीय संस्था बाध्य नहुने अदालतको व्याख्या छ । गैरबैङ्किङ सम्पत्ति दुवै पक्ष सहमत भएमा तोकिएको लेखाङ्कन पूरा गरेर धितो धनीले पाउन सक्ने भने अदालतको फैसला छ तर यसका लागि पनि दुवै पक्ष सहमत हुनुपर्ने व्याख्या अदालतको छ ।

“बैङ्किङ सम्पत्तिमा सम्बन्धित बैङ्कले आफ्नो उपयोगका लागि गरेको थप लगानी आफूलाई अवश्यक पर्ने संरचनाको निर्माण वा सोमा भएको लागत तथा खर्च, बैङ्कको आवश्यकता र त्यहाँको उपभोगको अवस्था आदि जस्ता जटिल कुरालाई बेवास्ता गर्न सकिन्न,” सर्वोच्चको व्याख्यामा भनिएको छ, “त्यसरी नेपाल बैङ्कले बैङ्किङ सम्पत्तिका रूपमा उपयोग गरेको सम्पत्तिलाई फिर्ता माग गर्ने अधिकार निवेदकलाई रहे भएको देखिन आएन ।” बैङ्क तथा वित्तीय संस्थाले ऋणीले तोकिएको समयमा कर्जाको साँवा तथा ब्याज नतिरेमा सुरक्षणबापतको धितो लिलाम गर्न पाउने, गैरबैङ्किङ तथा बैङ्किङ सम्पत्तिमा लेखाङ्कन गर्न पाउने कानुनी अधिकार नै भएको फैसलामा उल्लेख गरेको छ । गोरखापत्रबाट

अघिल्लो लेख तरकारीले किसानको जीवनमा फेरबदल
अर्को लेख ११ करोड मूल्य बढीको सुनसहित भारतीय नागरिक पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

२०८१ माघ ३, बिहीबार १२:०१ गते
अर्थ-वाणिज्यसमाचार

सुनको भाउ आज एक हजार तीन सय रुपैयाँले घट्यो

२०८२ असार ३२, बुधबार १५:०८ गते
राष्ट्रिय

नेपाल प्रहरीका पाँच सय ८७ इन्स्पेक्टरको सरुवा

२०८१ भाद्र १८, मंगलवार १९:२० गते
राष्ट्रियसमाचार

कोशी प्रदेश सांसदहरू चढेको गाडी दुर्घटना

२०८२ जेष्ठ ५, सोमबार १५:४३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?