कञ्चनपुर – कञ्चनपुरबाट ६ लाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ।
सुदूूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले २ लाख २४ हजार ४०, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले २ लाख ६१ हजार ६ सय र इलाका प्रहरी कार्यालय गड्डाचौकीले २ लाख ४ हजार ७७२ गरि करिब ६ लाख ९० हजार ४१२ मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको हो।
उक्त मूल्य बराबरको सामान नियन्त्रण्मा लिइ थप कारवाहीको लागि गड्डाचौकी भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।




