यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३१ आईतवार
2026, Jun 14, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गौरीफन्टामा घर फर्कने नेपालीसँग पैसा असुल्दै भारतीय भन्सार कर्मचारी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३१ आईतवार
2026, Jun 14, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: गौरीफन्टामा घर फर्कने नेपालीसँग पैसा असुल्दै भारतीय भन्सार कर्मचारी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
सुदूरपश्चिम प्रदेश

गौरीफन्टामा घर फर्कने नेपालीसँग पैसा असुल्दै भारतीय भन्सार कर्मचारी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन १८, शुक्रबार १२:३० गते
SudarshanTelevision
6 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –दसैँ मनाउन भारतको बैंग्लोरबाट स्वदेश फर्कंदै गरेका दार्चुलाको खलंगाका सुरज धामीले गौरीफन्टा नाका पार गर्नुअघि भारतीय भन्सार कर्मचारीलाई भारु सय बुझाउनु पर्‍यो ।

सामान ल्याएको बहानामा भारतीय भन्सार कर्मचारीले धामीसँग जबर्जस्ती पैसा असुल गरेका हुन् ।

‘घरपरिवारलाई अलिअलि कपडा ल्याएको थिएँ, सामान हेरेजस्तो गरेर पैसा मागे,’ बिहीबार बिहान नाकामा भेटिएका धामीले भने, ‘दिन्न भन्दा मानेनन्, घर फर्कने वेला के विवाद गर्नु भनेर सय भारु दिएर आएँ ।’ बैंग्लोरमा होटेलमा काम गर्ने उनी दसैँ मनाउन एक वर्षपछि घर फर्कन लागेका हुन् । 

डोटीको बोग्टान–फुड्सिल गाउँपालिका पोखरीका प्रेम कठायतले पनि गौरीफन्टामा भारतीय कर्मचारीलाई सय भारु बुझाए । भारतको महाराष्ट्र कोलापुरमा चिनियाँ होटेलमा काम गर्ने उनी दसैँ मनाउनकै लागि बिदा लिएर स्वदेश फर्केका हुन् । नाकामै भेटिएका उनले सामान ल्याएको बहानामा नाकामा खटिएका भारतीयले जबर्जस्ती पैसा असुलेको गुनासो गरे ।

‘घरमा बालबच्चाका लागि कपडा ल्याएको थिएँ, भित्र बोलाएर सामान हेरेपछि दुई सय रुयैयाँ मागे,’ नाकावारि सशस्त्र प्रहरीको सहायता कक्षमा आफ्नो नाम टिपाइरहेका कठायतले भने, ‘पैसा दिन्न भन्दा घर जाने मन छ कि छैन भन्न थाले, सय रुपैयाँ दिएर आएँ ।’ कठायतसँगै पोखरीका नौजना सँगै फर्कन लागेका थिए । आफूहरू सबैले सय–सय रुपैयाँ तिरेर आएको उनले बताए । ‘अर्काको देशमा दुःख गरेर आउँछौँ, बाटोमा यसरी जबर्जस्ती पैसा असुल्दा नराम्रो लाग्छ,’ कठायतले भने ।

दसैँ सुरु भएसँगै गौरीफन्टा नाकामा भारतबाट फर्कने नेपाली कामदारको घुइँचो लागेको छ । नाकामा बिहीबार बिहानैबाट घर फर्कनेको घुइँचो थियो । भारतमा काम गरेर दसैँ मनाउन घर फर्किरहेका नेपालीसँग नाकामा भारतीय भन्सार कर्मचारीले जबर्जस्ती पैसा असुल्न थालेका हुन् । 

पैसा नदिए उनीहरूले सामान जफत गर्ने, थुनेर राख्ने भनेर डराउने गरेको घर फर्कने नेपालीको गुनासो छ । सामान हेरेर प्रतिव्यक्ति दुई–तीन सयसम्म असुल्ने गरेको बुझिएको छ । 

गौरीफन्टा नाकामा सडकछेउमै भारतीय भन्सार कर्मचारी बस्ने खोका छ । त्यहाँ सामान चेकजाँचका नाममा घर फर्कने नेपालीसँग पैसा असुल्ने गरिन्छ । त्यसको केही मिटरवर भारतीय सीमा सुरक्षा बल एसएसबीले पनि सामान चेकजाँच गर्ने गर्छन् । 

‘भित्र बोलाएर सामान चेक गरेपछि पैसा मागे, केका लागि पैसा दिने भनेर प्रतिवाद गर्न खोज्यौँ,’ गौरीफन्टा नाका भएर बिहीबार घर फर्किरहेका सुर्खेतको पञ्चपुरी नगरपालिका बाबियाचौरका मदनबहादुर गुरुङले भने, ‘जाने मन भए देऊ भन्न थाले, के झगडा गर्नु भनेर पैसा तिरेर आयौँ ।’ 

गुरुङसहित बाबियाचौरका ६ जना सँगै फर्कंदै थिए । पैसा नदिए रोकेर राख्लान् भन्ने डरले ५० देखि सय रुपैयाँसम्म तिरेर आएको त्यही समूहमा रहेका सन्तोष रानामगरले बताए ।

वारि नाकामै सशस्त्र प्रहरीको पोस्ट छ । चाडपर्वलाई लक्षित गरेर सशस्त्र प्रहरी र नेपाल प्रहरीले सीमामा नागरिक सहायता कक्ष पनि सञ्चालनमा ल्याएका छन् । 

‘पारि नेपालीसँग पैसा असुल्छन् भन्ने थाहा छ, तर हामीले चाहेर रोक्न सक्ने अवस्था छैन,’ नाकामा खटिएका एक सुरक्षाकर्मीले भने, ‘अलि भनसुन गर्न सक्ने, टाढाबाठा पैसा नतिरेर पनि आउँछन्, सोझासाझालाई डर–त्रास देखाएर पैसा असुलिरहेका छन् ।’ 

सशस्त्र प्रहरी ३४ नम्बर गण धनगढीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेयले नाकामा घर फर्किरहेका नेपालीसँग पैसा असुल्ने गरेको बुझिएपछि यसबारे आफूले भारतीय अधिकारीसँग कुरा गरेको बताएका छन् । 

भारतीय भन्सार र वनका कर्मचारीले पैसा असुल्ने गरेको गुनासो आएको उनले बताए ।‘पैसा असुल्ने गरेको सुनिएपछि त्यसलाई रोक्न आफैँ गएर भारतीय भन्सारका कर्मचारीसँग कुरा गरेको छु,’ सशस्त्र प्रहरी उपरीक्षक पाण्डेयले भने, ‘मंगलबार भएको काउन्टरपार्ट मिटिङमा पनि यो कुरा गम्भीरताका साथ उठाएका छौँ ।’ 

सो बैठकपछि अहिले पैसा असुल्ने कार्य घटेको बुझिएको उनले बताए । रोजगारीका लागि गएकाहरू फर्कने क्रममा केही सामान लिएर आउने र सामान ल्याएको नाममा पैसा असुल्ने कार्य रोक्न भारतीय अधिकारीको ध्यानाकर्षण गराइएको सशस्त्र प्रहरीले जनाएको छ ।

नाकामा आवागमन सहज बनाउन सहायता कक्षसँगै गणबाट नाकामा छुट्टै टोलीसमेत परिचालन गरिएको पाण्डेयले जानकारी दिए । ‘सामान पार गराइदिनेलगायत विभिन्न किसिमले नेपालीबाटै पनि भारतबाट फर्कनेलाई ठग्ने कार्य नहोस् भनेर छुट्टै टोली परिचालन गरिएको छ,’ उनले भने, ‘चाडबाडका वेला भारतबाट फर्कनेको भिड हुन्छ, उनीहरूलाई कसरी सहज गर्ने भनेर प्रयास गरिरहेका छौँ ।’ दसैँ, तिहारजस्ता ठूला चाडबाडको समयमा भारतबाट फर्कनेको नाकामा घुइँचो लाग्ने गरेको छ । नयाँ पत्रिकाबाट

ट्याग गरिएको:featured
अघिल्लो लेख धनगढीमा लागूऔषधसहित एक युवती पक्राउ
अर्को लेख आँधीखोलामा जिप दुर्घटना हुँदा सात घाइते
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुर

कञ्चनपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८१ असार ३०, आईतवार ०७:५३ गते
राष्ट्रिय

विद्यालय कर्मचारीहरूले जेठ १० गतेदेखि आन्दोलन गर्ने

२०८२ बैशाख १९, शुक्रबार ११:२४ गते
कञ्चनपुर

कञ्चनपुरका थारू समुदायद्वारा हरेरी पूजा गरिँदै

२०८१ भाद्र १६, आईतवार १०:२७ गते
खेलकुदसमाचार

एएफसी महिला एशियन कप छनोटअन्तर्गत आज नेपालले लाओससँग खेल्दै

२०८२ असार १५, आईतवार १०:०३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?