धनगढी – केएमसीमा दशैं तिहार विशेष शुभकामना आदानप्रदान तथा पुरस्कार वितरण कार्यक्रम गरिएको छ।
आइतबार बिएससी सिएसआइटी संकायले क्याम्पसको सेमिनार हलमा उक्त कार्यक्रम गरेको हो।
कार्यक्रममा दशैं तिहार विशेष शुभकामना आदानप्रदान, नृत्य तथा संगीत प्रस्तुति राखिएको थियो।
यस्तै क्याम्पसमा बिएससी सिएसआइटी संकायले आयोजना गरेको केएमसी दशैं एण्ड दीपावली कपमा प्रथम र द्वितीय हुने समूहलाई पुरस्कार वितरण गरिएको थियो।
उक्त प्रतियोगितामा बीए/बीएसडब्लू संकायले प्रथम स्थान हासिल गरेको छ भने फोरेस्ट्री संकायले द्वितीय स्थान हासिल गरेको छ।
आइतबार केएमसी कपका विजेता र उपविजेतालाई पुरस्कार वितरण गर्नुका साथै दशैं तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरिएको केएमसी कपका संयोजक कमल कुमार ऐडीले बताएका छन् ।
केएमसी कपको विजेता भएको टोली बीए/बीएसडब्लूले नगद १५ हजार, उप-विजेता टोली फोरेष्ट्रिले नगद ८ हजारसँगै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको संयोजक एडीले बताए ।
कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख लोकबहादुर बिष्टको प्रमुख आतित्यता रहेको उक्त कार्यक्रममा बिएससी सिएसआइटी संकायमा अध्ययनरत विद्यार्थी कमल ऐडीको अध्यक्षता रहेको थियो।
फुटबल टुर्नामेन्ट केएमसी कप असोज ८ गतेबाट केएमसीकै विभिन्न संकायमा अध्ययनरत विद्यार्थीको सहभागितामा ११ गतेसम्म सञ्चालन भएको थियो ।





