यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: राष्ट्रिय शिक्षा सम्मान–२०८१ बाट एसपीए कलेज सम्मानित
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: राष्ट्रिय शिक्षा सम्मान–२०८१ बाट एसपीए कलेज सम्मानित
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीस्वास्थ्य-शिक्षा

राष्ट्रिय शिक्षा सम्मान–२०८१ बाट एसपीए कलेज सम्मानित

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ भाद्र ३०, आईतवार १७:५४ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – देशभरिकै उत्कृष्ट कलेजभित्र पर्दै धनगढीको सुदूरपश्चिममाञ्चल एकेडेमी (एसपीए कलेज)ले राष्ट्रिय शिक्षा सम्मान–२०८१ प्राप्त गरेको छ । आइतबार आयोजित एक समारोहका बिच देशभरिका विभिन्न कलेजको उपस्थितिमा एसपीए कलेजलाई उक्त सम्मान प्रदान गरिएको हो ।

राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले एसपीए कलेजका मावि डाइरेक्टर उशा शाहुलाई उक्त सम्मान पत्र प्रदान गरेका थिए । फोकस नेपाल नामक संस्थाले देशभरिकै शैक्षिक संस्थाहरूबिच विगतका वर्षहरू देखी ल्याउँदै गरेको परीक्षाफल, शिक्षा क्षेत्रबाट समाजलाई दिएको सेवा भाव त्यसको निरन्तरता लगायतका विभिन्न मापदण्डका आधारमा गरेको प्रतिस्पर्धामा एसपीए उत्कृष्ट मावि भित्र पर्न सफल भएको हो ।

पर्याप्त भौतिक पूर्वाधार, दक्ष र अनुभवी शिक्षक शिक्षिकाहरूबाट अध्ययनरअध्यापन, समयानुकूल प्रतिस्पर्धात्मक र गुणस्तरीय शिक्षा प्रदान, अतिरिक्त क्रियाकलाप, दक्ष शैक्षिक जनशक्ति उत्पादन र देशको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै विगतका वर्षहरूको परीक्षाको नतिजालाई प्रमुख आधार मानेर देशभरिका माविहरूबाट उत्कृष्ट माविमा पर्न सफल भएकोमा र शिक्षा क्षेत्रबाट कलेजले दिएको सेवा भाव र त्यसको निरन्तरताको उच्च प्रशंसा गर्दै फोकस नेपालले आफ्नो १२औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रिय शिक्षा सम्मान २०८१ प्रदान गरेको बताएको छ ।

१२ औँ वार्षिकोत्सव कार्यक्रमको अवसर पारी विभिन्न कलेजहरूलाई अवार्ड प्रदान गरेको फोकस नेपालको उक्त भव्य समारोहका प्रमुख अतिथि राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, पूर्व मन्त्री शेर बहादुर कुँवर विशिष्ट अतिथि रहेका थिए भने कार्यक्रमको अध्यक्षता फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले गरेका थिए ।

अवार्ड ग्रहण गर्दै सुदूर पश्चिमाञ्चल एकेडेमी (मावि, एसपीए कलेज)की डाइरेक्टर उशा शाहुले एसपीए कलेजले यो सम्मान पाउनु समग्र सुदूरपश्चिमका लागि नै गर्विलो क्षण भएको बताउँदै शैक्षिक सुधारका लागि कलेज निरन्तर प्रयत्नशील रहेको र प्रविधि मैत्री शिक्षाको आवश्यकतालाई बुझेर कलेज सिकाई सँगै कमाइको अवधारणमा काम गर्न प्रयत्नशील रहेको बताइन् ।

यस्तै, देशभरिकै सयौँ कलेजहरूलाई विभिन्न मानकहरूमा पछि पार्दै र अब्बल ठहरिँदै एसपीए कलेज उत्कृष्ट कलेजमा पर्न सफल भएको खबर हामी एसपीएको छाता भित्र जोडिएका शिक्षक विद्यार्थीहरू को लागि मात्र नभई सुदूरपश्चिम प्रदेशकै लागि गर्विलो क्षण रहेको र सम्मानले थप जिम्मेवारी बोध गराएको एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्यायले बताए ।

एसपीए कलेजले स्थापना काल देखी उत्कृष्ट मावि, उत्कृष्ट उमावि, वातावरण मैत्री कलेज, उत्कृष्ट प्लस टु अवार्ड प्राप्त गरिसकेको छ भने एसपीएका क्याम्पस प्रमुख योगराज उपाध्यायले देशभरिबाटै उत्कृष्ट प्रिन्सिपल अवार्ड समेत प्राप्त गरी सकेका छन् ।

अघिल्लो लेख कञ्चनपुरमा मनाइयो नेपाल–भारत साहित्य सम्मेलन तथा काव्य गोष्ठी
अर्को लेख तीन दिनदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीबाट चोरी र लागूऔषध मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

२०८१ मंसिर ६, बिहीबार १०:२२ गते
कैलालीसमाचार

युवक ह*त्या आरोपमा कैलालीबाट पेस्तोलसिहत पक्राउ परे पूर्वमुख्यमन्त्रीका भाइ

२०८२ मंसिर २५, बिहीबार १३:०६ गते
कैलालीसमाचार

कैलालीमा रहेर खरो पत्रकारिता गर्ने बिष्ट सम्मानित

२०८२ जेष्ठ २९, बिहीबार १२:१३ गते
कैलाली

गोदावरीमा टिपरको ठक्करबाट २ बालिका घाइते

२०८१ पुष ५, शुक्रबार १३:४९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?