धनगढी – प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले एकैपटक पाँच सय ८७ जना प्रहरी निरीक्षकको सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयले यही भदौ १७ गतेको निर्णयअनुसार प्रहरी निरीक्षकहरूको सरुवा गरेको हो ।
सरुवा भएका इन्स्पेक्टरले प्रचलित नियमअनुसार तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी व्यवस्था मिलाइएको छ ।





