धनगढी –कैलालीमा एक महिला मृत अवस्थामा फेला परेकी छन्।
जिल्लाको कैलारी गाउँपालिका–३ की २८ वर्षीया सिखा चौधरी मृत अवस्थामा फेला परेकी हुन्।
कैलारी गाउँपालिका–३ स्थित सुर्मानाला खोलामा शुक्रबार उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।





