काठमाण्डौं – तिहार बिदापछि सुनचाँदीको भाउ लगातार घटेको छ ।
तिहारपछिको पहिलो कारोबारको दिन आइतबारदेखि घट्न थालेको सुनचाँदीको भाउ आज पनि घटेको छ । आइतबार तोलामा दुई लाख ४१ हजार नौ सय रुपैयाँमा कारोबार भएकोमा सोमबार र हिजो मंगलबार पनि घटेको थियो ।
त्यस्तै आज सुन तोलामा ७ सय रुपैयाँले घटेर तोलाको दुई लाख ३६ हजार तीन सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ३७ हजार रुपैयाँ थियो ।
यस्तै, चाँदीको भाउ पनि घटेको छ । आइतबार तोलाको ३ हजार १५ रुपैयाँ रहेको चाँदीको भाउ आज दुई हजार नौ सय ६५ रुपैयाँमा झरेको छ । हिजोको तुलनामा चाँदी आज तोलामा ४५ रुपैयाँले घटेको हो । हिजो चाँदीको भाउ तोलाको दुई हजार नौ सय २० रुपैयाँ थियो ।
गएको असोज ३१ गते सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च थियो । त्यस दिन सुन तोलाको दुई लाख ५८ हजार रुपैयाँ थियो । चाँदीको भाउ तोलाको तीन हजार तीन सय ५० रुपैयाँ थियो ।





