यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार २४, मंगलवार १३:२० गते
SudarshanTelevision
6 मिनेटको
सेयर गर्नुहोस्

लमजुङ :फुटबल खेलाडी सावित्रा भण्डारी ‘साम्बा’को सम्मानमा नामकरण गरिएको साम्बा चोक यतिबेला पर्यटकको नयाँ गन्तव्य बन्न थालेको छ।

मर्स्याङ्दी गाउँपालिका–९ खुदीपुल वारिको क्षेत्रलाई ‘साम्बा’ चोक नामकरण गरेसँगै यतिबेला पर्यटकको नयाँ र मुख्य गन्तव्य बन्न थालेको हो।

मर्स्याङ्दी गाउँपालिकाले सावित्राको फोटोको होर्डिङबोर्ड बनाएर स्तम्भ स्थापना गर्दै सो क्षेत्रलाई साम्बा चोक नामकरण गरेसँगै यतिबेला पर्यटकको नयाँ गन्तव्य बन्न थालेको हो।

मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार फुटबल क्षेत्रमा स्थापित उनलाई सम्मान गर्न साम्बा चोक नामकरण गरिएसँगै यतिबेला विभिन्न स्थानबाट पर्यटकको आगमन हुन थालेको छ।

पालिकावासी, जिल्लावासी, पर्यटक तथा खेलकुदप्रेमीका लागि यस स्थानमा घुम्न उपयुक्त हुनेछ, यतिबेला यहाँ जिल्लाको विभिन्न स्थानदेखि छिमेकी जिल्ला मनाङ, गोरखा, तनहुँ, कास्की, काठमाडौँबाट समेत पर्यटक आउन थालेका छन्।

स्थानीय प्रदिप गुरुङका अनुसार पर्यटक यहाँ साम्बाको चोक तथा साम्बाको तस्बिरसँग सेल्फी तथा फोटो खिच्ने, भिडियो बनाउने, टिकटक बनाउँदै रमाउने गरेका छन्।

डुम्रे–बेंसीसहर–चामे सडकखण्डमा पस्ने साम्बा चोकमा बेँसीसहरबाट खुदी भुलुभुले, घनपोखरा, सिउरुङ, हिमाली जिल्ला मनाङ जाने र ती स्थानबाट बेँसीसहरतर्फ आउने यात्रीसमेत एकैछिन सवारीसाधन रोकेर यात्रीहरूले साम्बा चोकको अवलोकन गर्ने, फोटो, भिडियो बनाउने गर्छन्।

यहाँ दैनिक पाँच सय जनाभन्दा बढी पर्यटक आउने गरेका र बिदाका समयमा दोब्बर आउने गरेको बताइएको छ। यहाँ आएका पर्यटक शङ्कर घिमिरेले भने, ‘महिला फुटबल खेलाडीको स्तम्भ तथा होर्डिङ बोर्ड राखेर नामकरण गरेर साम्बा चोक राखेको थाहा पाएपछि अवलोकन तथा घुम्न आएको हुँ।’

यहाँ आइपुग्दा निकै खुसी लागेको र मनै आनन्द प्राप्त भएको उनको भनाई छ। त्यस्तै, अर्का पर्यटक मर्स्याङ्दी गाउँपालिका वडा नं। ३ ढगैँका पुर्ण गुरुङले भने, ‘पालिकाकै चेली सावित्राको नाममा बाट नामरण भएको साम्बा चोकमा आउँदा गर्व लागेको र यस चोकको अझै प्रचारप्रसार गर्न सके पर्यटक वृद्धि हुनेछ।’ साम्बा चोक हेर्न, अवलोकन गर्न तथा विभिन्न तरिकाले रमाउन पर्यटक आगमन हुँदा यहाँ आसपासका होटल व्यवसायसमेत फस्टाउन थालेको होटल व्यवसायीहरूको भनाइ छ।

अन्नपूर्ण पदमार्ग अन्नपूर्ण मनाङ जाने सडकमा अवस्थित मर्स्याङ्दीको चर्चित खुदीबजार पुलको चोकलाई साम्बा चोक नामकरण गरेर उनको जन्मस्थानको पहिचान र प्रचारमा थप टेवा पुगेसँगै यहाँ पर्यटक आगमन वृद्धि हुँदै गएको वडाध्यक्ष हरिशचन्द्र थापाले बताए।

गाउँपालिकाका सूचना अधिकारी सुरेश गौतमका अनुसार साम्बाको होर्डिङ बोर्ड र स्तम्भ निर्माण गर्न करिब पौने दुई लाख खर्च भएको छ। यही जेठ ५ गते यहाँ साम्बा चोक नामकरण भएयता पर्यटक दैनिक वृद्धि हुँदै गएको र यसको अझै प्रचारप्रसार गर्दै पर्यटक वृद्धि गर्न लाग्नुपर्ने स्थानीयको भनाइ छ। साम्बा चोक पुग्न लमजुङ सदरमुकाम बेँसीसहरबाट करिब आठ किलोमिटर दूरी सवारी साधनमा २०–३० मिनेटमा पुग्न सकिन्छ।

खेल जगतमार्फत नेपाललाई विश्वसामु थप चिनाउन अहम् भूमिका खेल्दै आएकी भण्डारी लमजुङ तत्कालीन सिम्पानी गाविस–७ हाल मर्स्याङ्दी गाउँपालिका–९ पामचोक गाउँमा हुर्किएकी हुन्।

थमन भण्डारी र मुना भण्डारीको कोखबाट २०५३ साल जेठ १५ गते माइली छोरीका रुपमा जन्मिएकी हुन् सावित्रा। सावित्रा भण्डारी नेपाली फुटबल क्षेत्रमा साम्बा उपनामले परिचित छिन्। सशस्त्र प्रहरी बल क्लबबाट व्यावसायिक फुटबल खेल्न सुरु गरेकी साम्बाले हाल नेपाली महिला फुटबल टोलीको सर्वाधिक उच्च गोलकर्ता हुन्।

साबित्रा अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक गोल गर्ने नेपाली खेलाडी पनि हुन्। नेपाली महिला फुटबलको क्षेत्रमा उदयमान नक्षत्रका रूपमा परिचित हुनुअघि भण्डारीलाई लमजुङकै आफ्नै गाउँ नजिकै रहेको खुदीस्थित मनास्लु युवा क्लबमा सहभागी भएर फुटबल खेल्ने अवसर मिल्यो।

उक्त क्लबमा आबद्ध भएर क्व्होलासोथर गाउँपालिका–३ स्थित दक्षिण एसियाकै नमूना घलेगाउँमा आयोजना गरिएको फुटबल प्रतियोगितामा सहभागी भएको थियो। त्यसबेला महिला फुटबल प्रतियोगितामा भण्डारी सहभागी भएको टिम मनास्लु युवा क्लब प्रथम भएको थियो। गोल गर्ने उत्कृष्ट कला, सेलिब्रेसन गर्ने शैली अनि हेयर स्टाइलले गर्दा पनि साम्बा नामले समेत परिचित भण्डारी अरू फुटबलरभन्दा फरक रुपमा स्थापित हुँदै आएकी छन्।

जिल्लाको गाउँको खेतका गहराबाट दशरथ रङ्गशाखा हुँदै युरोपको रङ्गशालासम्म पुगेकी भण्डारी यतिबेला युरोपेली देश फ्रान्सेली महिला फुटबलको माथिल्लो डिभिजनमा खेल्ने अन आभान्टा ग्वेनगाम्पले डेढ वर्षका लागि अनुबन्ध गरेर भण्डारीले त्यहाँ फुटबल खेल्न थालेको छ। सोअघि इजरायलको हापोएल रानानाबाट खेलेसँगै युरोपमा व्यावसायिक फुटबल खेल्ने पहिलो नेपाली खेलाडी पनि भण्डारी नै हो।

अघिल्लो लेख पोखरामा जुवा तास खेलिरहेका १७ जना चार लाखसहित पक्राउ
अर्को लेख गड्डाचौकीबाट भन्सार छलीका सामान बरामद
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीस्वास्थ्य-शिक्षा

नेपाल फार्मेसी संघ कैलालीको प्रथम अधिवेशन सम्पन्न, बिहीबार ‘फार्मासिस्ट दिवस’ मनाइने

२०८२ आश्विन ७, मंगलवार २२:३१ गते
राष्ट्रियसमाचार

विवाह गर्ने प्रलोभन देखाएर बलात्कार, एक जना पक्राउ

२०८२ जेष्ठ १३, मंगलवार ११:४६ गते
समाचार

विपिन रिहाइको पहलः परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग फोनवार्ता

२०८१ माघ २५, शुक्रबार १२:०० गते
अन्तर्राष्ट्रिय

इजरायलले सिरियाका १५ वटा नौसैनिक जहाज माथि आक्रमण गर्‍यो

२०८१ मंसिर २६, बुधबार १०:३० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?