यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ असार २ मंगलवार
2026, Jun 16, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीको टिकापुरमा रक्तदाता दर्ता एवं बृहत रक्तदान कार्यक्रम सम्पन्न
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ असार २ मंगलवार
2026, Jun 16, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीको टिकापुरमा रक्तदाता दर्ता एवं बृहत रक्तदान कार्यक्रम सम्पन्न
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

कैलालीको टिकापुरमा रक्तदाता दर्ता एवं बृहत रक्तदान कार्यक्रम सम्पन्न

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार २, सोमबार ११:०० गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढी :विश्व रक्तदाता दिवस २०२५ को अवसरमा दारी ग्याङ टिकापुर उपशाखा र 4H Nepal AFU Section CNRM टिकापुर कैलालीको संयुक्त आयोजनामा कैलालीको टिकापुरमा रक्तदाता दर्ता एवं बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

वेल एजुकेसन हबको आर्थिक सहयोग, वीरेन्द्र विद्या मन्दिर बहुमुखी क्याम्पसको सहकार्य एबं नेपाल रेडक्रस सोसाइटी उपशाखा टीकापुरको प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रम वीरेन्द्र विद्या मन्दिर बहुमुखी क्याम्पस टीकापुरमा सम्पन्न भएको थियो जसमा करिब २५ जना रक्तदाताले रक्तदान गरेको आयोजकले बताएको छ ।

कार्यक्रममा टिकापुर अस्पतालका चिकित्सक डा.अंकित आचार्यले रगतको एउटा पोका कसैको जीवन बचाउन सक्षम हुने कुरा उल्लेख गर्दै रक्तदानलाई सबैभन्दा पुण्य काम र मानवता प्रदर्शन गर्ने माध्यमको रूपमा वर्णन गरे। उनले भने, “हाम्रो शरीरले नियमित रूपमा रगत उत्पादन गर्छ, र एक स्वस्थ व्यक्तिले वर्षमा तीनदेखि चार पटकसम्म रक्तदान गर्न सक्छ। यसले स्वास्थ्यमा कुनै नकारात्मक असर गर्दैन, बरु नियमित रक्तदानले शरीरलाई अझ सक्रिय बनाउँछ।”

डा.आचार्यले रक्तदानसँग सम्बन्धित सामाजिक भ्रमहरू चिर्दै, रगत नदिँदा ज्यान गुमाउने घटनाहरूसमेत उल्लेख गरे। उनले युवाहरूमाझ रक्तदानको सकारात्मक सन्देश फैलाउनुपर्नेमा जोड दिँदै यस्तो कार्यक्रमले जनचेतना अभिवृद्धिमा सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे।

नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाका निवर्तमान उपसभापति जगदीश्वर पण्डितले पनि रक्तदानबारे समाजमा अझै भ्रम व्याप्त रहेको उल्लेख गर्दै भने, “रक्तदानले कमजोरी आउँछ भन्ने धारणा पूर्ण रूपमा गलत हो। स्वस्थ शरीरले रक्तदानपछि केही समयमै गुमेको रगत पुनः निर्माण गर्छ। यो दान हामीले कसैलाई जीवन दिने कार्य हो, जसको मूल्य पैसामा जोख्न सकिँदैन।”

उनले रक्तदान अभियानलाई सामाजिक आन्दोलनको रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए। कार्यक्रममा वीरेन्द्र विद्या मन्दिर बहुमुखी क्याम्पसका विद्यार्थी, शिक्षक, स्थानीय बासिन्दा, स्वयंसेवकहरू, र अन्य सामाजिक कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता थियो। सहभागीहरूमा रक्तदानप्रति उत्साह र जागरूकता देखिन्थ्यो, जसले आगामी दिनमा अझ व्यापक प्रभाव पार्ने विश्वास लिइएको छ।

अघिल्लो लेख नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै
अर्को लेख इटालियन पेस्तोल र २५ राउण्ड गोलीसहित एक युवा पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राजनीति

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु

२०८१ मंसिर १६, आईतवार ०७:५४ गते
अर्थ-वाणिज्य

सुनको भाउमा कीर्तिमान : तोलाको एक लाख ७६ हजार रुपैयाँ पुग्यो

२०८१ चैत्र ६, बुधबार १२:१० गते
कैलालीसमाचार

धनगढीमा स्कुटर दुर्घटना हुँदा चालकको मृ*त्यु

२०८२ जेष्ठ २५, आईतवार १२:११ गते

सुर्खेतमा पहिरोले पुरिंदा बालकको मृत्यु

२०८१ असार १७, सोमबार १०:३५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?