यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सामाजिकीकरणमा कमजोर बन्दै समाज
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सामाजिकीकरणमा कमजोर बन्दै समाज
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
विचार/ब्लग

सामाजिकीकरणमा कमजोर बन्दै समाज

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ ११, आईतवार १७:५३ गते
SudarshanTelevision
6 मिनेटको
सेयर गर्नुहोस्

सामान्यतया व्यक्तिको सामाजिकीकरण प्रक्रिया परिवार समाज हुँदै विद्यालय, अन्य सङ्गठन मार्फत मृत्युपर्यन्त चलिरहन्छ। यो प्रक्रियाले व्यक्तिको व्यक्तित्व निर्माणमा अहम् भूमिका खेल्छ। व्यक्तिलाई सामाजिक प्राणी बनाउनका लागि पारिवारिक संरचनाले, सामाजिक सङ्गठनले वा समाजको संरचनागत तत्वहरुले भूमिका निभाउनुपर्ने हो तर बिस्तारै समाजका आधारभूत तत्वहरु कामविहीन, अर्थहीन हुँदै गएका छन्।

सामाजिकीकरण भन्नाले समाजका गतिविधिको बारेमा सिक्ने, बुझ्ने, सम्झने र व्याख्या गरिदिने एउटा प्रक्रिया हो। यस्तो प्रक्रियाले प्रत्येक व्यक्तिको सामाजिक पक्ष, संवेगात्मक तथा मनोवैज्ञानिक पक्षको विकासमा निरन्तर योगदान गर्दछ। व्यक्तिको व्यक्तित्व निर्माण गरि समाजमा विद्यमान अनैतिक, अमानवीय र दुष्ट र धृष्टतापूर्वक गरिने सम्पूर्ण क्रीयाकलापको अन्त्यका लागि भूमिका खेल्छ। यस प्रक्रियाले समाजका विविध पक्षहरुको बारेमा समेत सिकाउने कार्य गर्दछ।

सामाजिक संस्कार, सामाजिक मूल्य मान्यता, रीतिरिवाज, चालचलन जस्ता अभिभाज्य तत्त्वहरुबारे व्यक्तिको धारणामा सकारात्मक आवेगको सञ्चार गर्दछ। मानिसका लागि उपर्युक्त तत्त्वहरु अभिभाज्य नै हुन्छ्न्। मानवीय संवेदना, आवेग र प्रवेग, प्रतिक्रिया हुनु नै मानव हुनु हो। यी सबै तत्त्वको विकासमा समाजले भूमिका खेल्नुपर्ने हो तर पछिल्लो समय मानवीय गुण भन्दा पनि अवगुणले महत्त्वपूर्ण स्थान पाएको देखिन्छ। मानिसमा सद्भाव, समभाव भन्दा बढी नकारात्मकता फैलिनुको कारण सामाजिकीकरणका माध्यमहरु वा संरचनाहरु नै कमजोर भएको देखिन्छ।

सामाजिकीकरणका माध्यम भन्नाले त्यस्ता संरचना हुन् जसले व्यक्तिमा आचरण तथा व्यवहारको सिञ्चित गरि स्वच्छ, स्पष्ट र प्रष्ट, इमानदार, सद्भावयुक्त अभिव्यक्तिको विकास गर्दछ। यिनैलाई हामी समाजका संरचना पनि भन्छौं। यी विविध संरचनाले सामाजिक तत्त्वको विकास गर्नका लागि वृहतरुपमा लगानी गर्नुपर्ने देखिन्छ। विभिन्न सीप, कला, ज्ञान, सोच, विचार, अभिव्यक्ती, आचरण, समभाव, सद्भाव, सहिष्णु, दयाभाव, करुणा, परमानन्द, शान्तिभाव जस्ता तमाम तत्त्वहरुले सिञ्चित गर्नुपर्ने समाजका विविध संरचनाको दायित्व हो। यसरी दायित्व निर्वाह गर्ने माध्यमका रुपमा हामीले हाम्रो परिवार, समाजमा भएका विद्यालय, आमा समूह, बाल क्लब, युवा क्लब, वयस्क समूह, वृद्ध समूह, राजनीतिक दल जस्ता विविध संरचनाले प्रभावकारी रुपमा आफ्नो दायित्व निर्वाह गर्न नसक्दा अहिलेको उत्पादन संवेगहीन, संवेदनाहीन, भावविहिन बनेछ छ।

अर्काको भावना माथी प्रहार गर्ने, चरित्र हत्या गर्ने , अनैतिक क्रीयाकलापमा सहभागी हुने जस्ता तमाम उदाहरणले सामाजिकीकरण प्रक्रिया कमजोर भएको देखिन्छ। व्यक्तिले अर्को व्यक्तिको मर्ममा प्रहार गर्ने, तथानाम गाली गर्ने गरेको दृष्टान्तले हाम्रो समाज बिस्तारै भत्किन थालेको महशुस हुन्छ। सम्पत्तिका लागि आमा- बा को हत्या, भाइ- भाइ बिचमा लडाइँ , हत्या, हिंसा, श्रीमान्, श्रीमती बिचको कटुयुद्ध, सामाजिक कुरीती तथा कुचलन, अपराध जन्य क्रीयाकलापमा वृद्धि हुँदै जानुले समाज विघटित हुँदै गएको भन्ने बुझिन्छ। सामाजिक सञ्जालमा हुने डकैती, गाली गलौज, निच किसिमको प्रवृत्तिले मानवीय मूल्य मान्यताको अभाव झल्काउँछ। परिवार, समाज, समुदाय बिचको द्वन्द्व सृजना हुने सम्भावना बढ्ने देखिन्छ। यस्तै किसिमका ठूला द्वन्द्वले सामाजिक सद्भावमा आंच पूर्याइ सामाजिक एकता र सहिष्णुतामा पनि खलल पुग्ने देखिन्छ। भविष्यमा जातिय, भाषीय, वर्गिय, धार्मिक, वैचारिक भिन्नताका कारण असह्य द्वन्द्व हुन सक्ने हुन्छ। हाम्रा सामाजिक प्रचलन रीतिरिवाज, संस्कार तथा संस्कृतिमा पनि आंच आउन सक्ने र यस्तो हुँदा व्यक्ती समाज अनुशासनहीन, संस्कारहीन हुने देखिन्छ।

यस्तो अवस्थाले मानवीय वा मानव जातिकै अस्तित्वमाथी प्रश्न उठ्न जान्छ र आधारभूत गुणहरु नष्ट हुन जान्छन्। यसरी समाजको महत्त्वको नाश हुन गई मानव प्रजातिको नै सर्वनाश हुने देखिन्छ तसर्थ हाम्रा समाजका संरचनाहरुले आफ्नो भूमिका समयमै प्रभावकारी रुपमा निर्वाह गर्नु जरुरी हुन्छ।

परिवार, समाज र विद्यालय लगायतका अन्य सङ्गठनले व्यक्तिको सामाजिकीकरणमा महत्त्वपूर्ण योगदान दिनुपर्ने देखिन्छ। व्यक्तिको व्यवहार, आचरण, संस्कार, चलन, भाषा, लिपि , लेखाइ, आदिको सुधारमा परिवारले भूमिका खेल्नुपर्ने देखिन्छ भने समाजले सामाजिक संस्कार , चलन, प्रवृत्ती, रीतिरिवाज , सांस्कृतिक पहिचान, परम्परा आदि इत्यादिको सिकाइमा समाजले भूमिका खेल्नुपर्ने अति आवश्यक देखिन्छ। त्यसैगरी विद्यालय र संघ सङ्गठनले समाजमा भएका रीती तथा चलन, कुरीती, तथा कुचलन, कुप्रवृत्ती, नकारात्मक प्रभावका बारेमा स्पष्ट धारणा बनाउन मद्दत गर्नुपर्ने हुन्छ। यसरी सबै पक्षले आफ्नो क्षेत्रबाट प्रभाव र असर छुट्याउन सक्ने वातावरण अन्यका लागि पनि सृजना गर्नु दायित्व सम्झे समाज सभ्यतातिर अवश्य लम्किनेछ। भावी पिढिलाई पनि सामाजिक प्राणी बनाउन निकै सहज हुनेछ तसर्थ सबै सबैले आफ्नो भूमिका प्रभावकारी रुपमा निभाउन जरुरी हुन्छ।

नवराज जोशी, धनगढी

अघिल्लो लेख इलाममा जङ्गली च्याउ खाएका तीनै जनाको ज्यान गयो
अर्को लेख भारतमा धनगढी १५ को द  दरबार  स्कुलको चमक: उसुमा २ स्वर्ण
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

विचार/ब्लग

सुदूरपश्चिमेली महिलाहरूकाे महान चाड ‘गौरा पर्व’

२०८१ श्रावण २०, आईतवार २२:३४ गते
विचार/ब्लगसमाचारसाहित्य

म प्रेममा होइन, अन्योलमा परेकी छु

२०८१ आश्विन २१, सोमबार १४:४० गते
कैलालीविचार/ब्लगस्वास्थ्य-शिक्षा

चिफसर : राज्यले नचिनेका विराट प्रतिभा

२०८१ फाल्गुन २, शुक्रबार ०८:२५ गते
विचार/ब्लग

नेपालीहरुलाई रक्सी पिउनै आउँदैन

२०८१ कार्तिक १७, शनिबार १२:१२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?