विराटनगर :झापाबाट विराटनगरतर्फ जाँदै गरेको कोशी प्रदेश सभाका सांसदहरू सवार सवारी साधन मोरङको कानेपोखरीमा दुर्घटनामा परेको छ।
दुर्घटनामा परेको गाडीमा प्रदेश सभा सदस्यहरू लाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ, र विद्या चाम्लिङ सवार रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका। अनूसार चोटपटक लागेको र थप उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा लगिएको हो। दुर्घटना कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ र सवारी आवागमन सामान्य बनाइएको प्रहरीले जनाएको छ।





