यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रधानमन्त्रीको सल्लाहकार टोलीमाथि कांग्रेसले संसदमै उठायो प्रश्न
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ ३० शनिबार
2026, Jun 13, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रधानमन्त्रीको सल्लाहकार टोलीमाथि कांग्रेसले संसदमै उठायो प्रश्न
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

प्रधानमन्त्रीको सल्लाहकार टोलीमाथि कांग्रेसले संसदमै उठायो प्रश्न

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ १, बिहीबार १४:१० गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुले राख्ने सल्लाहकारको भूमिकामा प्रश्न उठाएका छन् ।

प्रतिनिधि सभाको आज (बिहीबार) को बैठकमा बोल्दै सल्लाहकारहरू विचौलियाका रूपमा प्रवेश भएका छन् कि छैनन् भन्दै प्रश्न गरेका हुन्।

उनले भने, ‘अहिले एउटा चर्चित काण्डमध्ये शरणार्थी काण्डको बीजारोपण गर्ने सल्लाहकार नै थिए । सल्लाहकारहरू सही ठाउँमा सल्लाह दिने छन् कि छैनन् सल्लाहकारहरू विचौलियाका रूपम प्रवेश गरेका छन् कि छैनन् सल्लाहकारहरूसँग बेलुका बसेर मन्त्री प्रधानमन्त्री मात्रै होइन, राष्ट्रपतिसम्मको सल्लाहकारको कुरा गरेको हुँ । प्रधानमन्त्रीको सल्लाहकार मन्त्रिपरिषद् आफै हुन्छ । परराष्ट्रमन्त्री आफै सल्लाहकार हुनुहुन्छ प्रधानमन्त्रीको, राजनीतिक विज्ञ सल्लाहकार अरे, कानुन विज्ञ सल्लाहकार अरे, जल तथा वातावरण विज्ञ सल्लाहकार अरे, अन्तर्राष्ट्रिय सम्बन्ध विज्ञ सल्लाहकार अरे, सञ्चार विज्ञ सल्लाहकार अरे, मुख्य सल्लाहकार अरे, आर्थिक विज्ञ सल्लाहकार अरे, जनसम्पर्क सल्लाहकार अरे, मानव अधिकार तथा संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकार अरे, सूचना प्रविधि विज्ञ अरे ।’

देशले आर्थिक अवस्था थेग्न नसकेको अवस्थामा सल्लाहकार राख्ने नाममा अर्बौ खर्च हुने भइरहेको बताएका छन् । देशको आर्थिक अवस्था कमजोर भएको थाहा हुँदाहुँदै पनि खर्च गर्ने गरिएको भन्दै उनले आपत्ति जनाएका छन् । खतिवडाले सल्लाहकार राखेर उनीहरूको नाममा पारिश्रम र सुविधाको नाममा भएको खर्चमा प्रश्न उठाउँदै उनले थप भने, ‘कतिपय सल्लाहकार मन्त्रीस्तरीय, कतिपय सल्लाहकारहरू राज्यमन्त्रीस्तरीय, कतिपय सल्लाहकारहरू हिजो मन्त्री भएर फेरि काहीँ ठाउँ नपाएपछि सल्लाहरको रुपमा सत्ताको वरिपरी बस्नको लागि नियुक्ति भएका छन् ।’ सल्लाहकारलाई संविधानले नचिन्ने तर बिचौलियाले चिनेको सल्लाहकार राख्दा उनीहरूले कस्तो सल्लाह दिन्छन् भन्ने प्रश्न उठेको खतिवडाको भनाइ छ । त्यस्तै उनले प्रदेशमा एक मुख्यमन्त्री र चारमन्त्री मात्रै भए पुग्ने गरी संविधान संशोधन गर्न पनि प्रस्ताव गरे ।

अघिल्लो लेख गभर्नर बनाउने मेरो कोही छैन, मेरिटोक्रेसीका आधारमा नियुक्ति हुन्छ : प्रधानमन्त्री
अर्को लेख यी हुन् मुद्दा दायर गरिएका सांसद बस्नेतसहितका १८ प्रतिवादी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

समाचार

लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

२०८१ पुष २२, सोमबार १३:२० गते
अन्तर्राष्ट्रियसमाचार

अमेरिकाद्वारा जी–२० शिखर सम्मेलन बहिष्कार

२०८२ मंसिर ७, आईतवार १०:३९ गते
अर्थ-वाणिज्यसमाचार

सुनको भाउ एकैदिन तोलामा दुई हजार नौ सय रुपैयाँले बढ्यो

२०८२ जेष्ठ २०, मंगलवार १२:१५ गते
राजनीतिसमाचार

सहमति जुटेपछि चिकित्सक सङ्घको आन्दोलन स्थगित : आजदेखि अस्पतालमा सेवा नियमित

२०८२ असार २५, बुधबार ११:१३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?