धनगढी –धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा एक हजार चार सय तीन मत खसेको छ ।
स्ववियुको नयाँ नेतृत्व चयनका लागि मंगलबार बिहानदेखि भएको निर्वाचनमा एक हजार चार सय तीन मत खसेको निर्वाचन समितिले जनाएको छ ।
मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएपनि एक जना फर्जी मत हाल्न गएका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको थियो ।
सर्वदलीय बैठकपछि आजै मतगणना गर्ने तयारी रहेको निर्वाचन समितिले जनाएको छ ।





