धनगढी । मानवसेवा आश्रमले धनगढीमा माघ २३ गतेदेखि सुरू गरेकाे श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा चुडामणी पनेरूले दान गरेका छन् ।
सोमबार महायज्ञमा सहभागी हुँदै डडेल्धुराको भागेश्वर गाउँपालिका-१, रुपालका स्थायी बासिन्दा पनेरूले मानव सेवा आश्रमको भवन निर्माणमा सहयोग पुर्याउने उदेश्यले ५ हजार ९ सय ६९ रुपैयाँ दान गरेका हुन् ।
मानवसेवा आश्रमले धनगढीमा आश्रम भवन निर्माण गर्ने उद्देश्यले महायज्ञकाे आयाेजना गरेकाे हाे । माघ २३ गतेदेखि सुरू भएकाे महायज्ञ पशुपति टोलमा (सुदूरपश्चिम महोत्सव स्थल) ३० गतेसम्म सञ्चालन हुनेछ ।





