यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सन् २०२४ : विश्वभर १२२ जना पत्रकारको हत्या, ५१६ जना जेलमा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सन् २०२४ : विश्वभर १२२ जना पत्रकारको हत्या, ५१६ जना जेलमा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

सन् २०२४ : विश्वभर १२२ जना पत्रकारको हत्या, ५१६ जना जेलमा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष १७, बुधबार १३:२५ गते
SudarshanTelevision
5 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं :यो वर्ष विश्वभर करिब १२२ जना पत्रकारहरूको मृत्यु भएको छ।

मध्यपूर्वमा थपिएको युद्धका सबैभन्दा धेरै पत्रकारहरूको हताहाती भएको छ। विशेष गरेर प्यालेस्टान लेबनान र सिरियामा पत्रकाहरू मारिनेको संख्या उल्लेख्य रहेको छ।

अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) ले ३१ डिसेम्बरमा जारी गरेको विज्ञप्तिमा सबैभन्दा धेरै प्यालेस्टानइनमा मारिएको छ। विज्ञप्तिमा भनिएअनुसार प्यालेस्टाइनमा ६२ जनाले ज्यान गुमाएका छन्। इण्डोनेसिया, चाड, कम्बोडिया, हाइटी, फिलिपिन्समा एकर एकजना, सोमालिया र कोलम्बियामा दुई(दुई, भारत र इराकमा तीन तीन जना, युक्रेनमा चार, मेक्सिको, पाकिस्तान र बंगलादेशमा पाँच पाँच, सुडान र लेबनानमा ६र ६ जना रहेका छन्।

जेलमा मात्र ५१६ जना पत्रकार र मिडियाकर्मी

आईएफजेका अनुसार विश्वभरमा ५ सय १६ पत्रकार र मिडिया कर्मचारीहरू जेल जीवन जिउन बाध्य छन्। सबैभन्दा धेरै एसिया प्यासिफिकमा जेलमा छन्। २५४ जेलमा हुँदा युरोपमा १४२ जना रहेका छन्।

यस्तै मध्यपूर्व र सिरिया क्षेत्रमा १०१ जना रहँदा अफ्रिकामा १७ जना रहेका छन्। अफ्रिकामा १७ र ल्याटिन अफ्रिकामा १ जना जेलमा रहेका छन्। जारी विज्ञप्तिमा अजरवैजान २५, जर्जिया १, टर्की २०, युक्रेन २८, बेलारुस ३८, रूस २०, मंगोलिया १, म्यान्मार ४४, चिन १२७, हङकङ ८, बंगलादेश ९, काजकास्तान २, किर्गिस्तान ४, ताजिकिस्तान ५, तुर्केमेनिस्तान १, उज्वेकिस्तान १, भारत ५, फिलिफिन्स १, नेपाल १, पाकिस्तान २, कम्बोडिया १, श्रीलंका ४, अफगानिस्तान २, भियतनाम३६, ग्वाटेमाला १, इजरायल ५९, यमन ७, इरान ७, ट्युनिसिया ५, इजिप्ट २४, बुरूण्डी १, क्यामरून १, कंगो १, इरिट्रिया ७, इथियोपिया ३, नाइजेरिया ४ पत्रकाहरू जेलमा रहेका छन्।

नेपालमा पत्रकारको चुनौती वर्ष

सन् २०२४ प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षाको सवालमा चुनौतीपूर्ण वर्ष रह्यो।

समाचार लेखेको तथा सूचना मागेका कारण पत्रकारमाथि धम्की दिने, गिरफ्तार र हत्या गर्ने सम्मका घटनाका कारण प्रेस स्वतन्त्रताको सवालमा यो वर्ष चुनौतीपूर्ण देखिएको तथ्याङ्क छ।

नेपाल पत्रकार महासंघ, सञ्चार अनुगमन शाखामा यो वर्ष प्रेस स्वतन्त्रता हननका ६० वटा घटना अभिलेख भएका महासंघले जनाएको छ। विगतका वर्षको तुलनामा यस वर्ष प्रेस स्वतन्त्रता हननका घटना वृद्धि भएको छ।

सन् २०२३ मा प्रेस स्वतन्त्रता हननका ५८ र सन् २०२२ मा ५३ वटा घटना अभिलेख भएका थिए। यस वर्ष प्रेस स्वतन्त्रता हननका ६० वटा घटना हुँदा ३४ जना महिला पत्रकार र एक सय १३ जना पुरुष पत्रकार पीडित भएका छन् भने १३ वटा सञ्चार संस्था प्रभावित भएका छन्।

राष्ट्रिय दलित पत्रकार संघ, कैलालीका सहसचिव सुरेश भुलको हत्या भएको घटनाको प्रारम्भिक रिपोर्ट हेर्दा उक्त घटना लक्षित हत्या भएको देखिन्छ। समाचार लेखेकै कारण ज्यान लिनेसम्को धम्की खेपिरहेका इटहरीका पत्रकार गोपाल दाहालका सम्बन्धमा महासंघले मिडिया मिसन खटाउनुपर्‍यो।

समाचार लेखेकै कारण राज्यको नेतृत्व तहमा रहेका तथा जनताको प्रतिनिधि भनिएकाबाट पत्रकारमाथि भएको धम्की, धरपकड तथा दुर्व्यवहारका घटना अत्यन्त निन्दनीय मात्र हैन लोकतन्त्रमाथिकै प्रहार भएको महासंघ ठहर छ।

सन् २०२४ मा नेपाली प्रेस जगतले अपेक्षाकृत प्रेससम्बन्धी कानून पाउन सकेन। लामो समयदेखि प्रतीक्षारत मिडिया काउन्सिल विधेयकले पूर्णता पाएको छैन।

यसबीचमा सरकारले सूचना प्रविधि विधेयक, सामाजिक सञ्जाल व्यवस्थापन तथा सञ्चालनसम्बन्धी विधेयक ल्याउने तयारी गरिरहेको छ।

महासंघले विगतदेखि नै सञ्चारसम्बन्धी कानुनलाई व्यवस्थित गर्न र संविधानको मर्मअनुसार कानुन निर्माण गर्न सरकारलाई आग्रह गर्दै आएको छ। महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको भौतिक तथा व्यावसायिक सुरक्षामा प्रतिबद्ध रहेको छ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनामा सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन महासंघले सरकारसँग जोडदार माग गरेको महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

साथै, महासंघले सरकारले ल्याउने प्रेससम्बन्धी कानुन प्रेस स्वतन्त्रताका विश्वव्यापी मान्यता र संवैधानिक प्रावधानका आधारमा मिडियामैत्री बनाउनसमेत सरकारलाई आग्रह गरेको छ।

अघिल्लो लेख नवनियुक्त पाँच राजदूतले राष्ट्रपतिबाट लिए शपथ
अर्को लेख २५ वर्षमुनिका लेखकलाई नेपालयको खुला आह्वान
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यराष्ट्रियसमाचार

नक्कली कम्पनी खडा गरेर ३२ सय किलो सुन तस्करी

२०८१ असार १९, बुधबार १७:१५ गते
राष्ट्रिय

हेटौँडा सिमेन्ट उद्योगले पुस पहिलो हप्तादेखि पुनः सिमेन्ट उत्पादन गर्दै

२०८१ मंसिर १७, सोमबार १४:१५ गते
राष्ट्रिय

काठमाण्डौं महानगरपालिको ३०औं महानगर दिवस आज, टुँडिखेलमा विशेष कार्यक्रम

२०८१ मंसिर २९, शनिबार १०:४९ गते
राजनीतिराष्ट्रियसमाचार

रमेश लेखकको घरमा आगजनी

२०८२ भाद्र २४, मंगलवार १२:०२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?