यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: शिवसताक्षीका चार वडालाई ‘नुनिया धानको पकेट क्षेत्र’ घोषणा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: शिवसताक्षीका चार वडालाई ‘नुनिया धानको पकेट क्षेत्र’ घोषणा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

शिवसताक्षीका चार वडालाई ‘नुनिया धानको पकेट क्षेत्र’ घोषणा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष २, मंगलवार ०९:०२ गते
SudarshanTelevision
6 मिनेटको
सेयर गर्नुहोस्

झापा :परम्परागत धानको संरक्षणमा शिवसताक्षी नगरपालिका जुटेको छ।

पालिकाले चार वडालाई लोपोन्मुख नुनिया धानको पकेट क्षेत्र घोषणा गरेको छ। अन्य धानभन्दा ढिलो र थोरै फल्ने भएकाले किसानले विगतमा खेती गर्न छाडेका कारण कालो नुनिया लोपोन्मुख अवस्थामा पुगेको हो। मिठो स्वाद र सुगन्धका कारण नुनिया धान महँगो मूल्यमा बजारमा बिक्री हुन्छ।​

शिवसताक्षी वडा नं ७ मा रहेको कञ्चन जैविक विविधता संरक्षण विकास समितिसँग सहकार्य गरेर नगरपालिकाले नुनिया लगायत परम्परागत धानको बीउ संरक्षण र खेतीका लागि अभियान सञ्चालन गर्दै आएको नगर उपप्रमुख नरमाया कार्कीले बताइन्।

उनले वडा नं १, ४, ७ र १० लाई कालो नुनिया धानको पकेट क्षेत्र घोषणा गरिएको जनाउँदै नुनियाको खेती गर्ने किसानलाई धानखेती गरेको जमिनको मात्राका आधारमा आर्थिक अनुदानसमेत उपलब्ध गराउँदै आएको जानकारी दिइन्।

‘पुराना बालीमध्येको कालो नुनियालाई किसानको खेतबारीमा फलाउने हाम्रो प्रयास सफल भएको छ‘, उपप्रमुख कार्कीले भनिन्, ‘नगरपालिकाले किसानलाई बीउ र अनुदान दिने गरेको छ।’ कालो नुनिया धानको भात मिठो हुने र प्रतिमन चार हजारका दरले बिक्री हुने जैविक विविधता संरक्षण समितिका अध्यक्ष डिल्ली पौडेलले बताए। समितिले किसानलाई कालो नुनियाको खेती गर्न प्रोत्साहित गरिरहेको हुँदा यसको खेती बर्सेनि विस्तार हुँदै गएको दाबी गरे।

पछिल्लो समय कालो नुनिया धानको माग अत्यधिक बढेको हुँदा किसानले पनि खेतीमा चासो बढाएको उनको भनाइ छ। समितिले यसपालि किसानलाई सात टन कालो नुनियाको बीउ बिक्री गरेको जनाएको छ। परम्परागत बाली संरक्षणका लागि शिवसताक्षीमा २०६५ सालमा समितिको स्थापना भएको थियो। त्यसको एक वर्षपछि शिवसताक्षी वडा नं ७ मा परम्परागत बालीको बीउ बैंक स्थापना गरिएको थियो।

बीउ संरक्षणका लागि शिवसताक्षी नगरपालिकाले ५० प्रतिशत लागत व्यहोर्दै आएको अध्यक्ष पौडेलले जानकारी दिए। नगरपालिकाले कालो नुनिया धानमा प्रतिपाँच कठ्ठा रु पाँच सय अनुदान दिँदै आएको छ।

विगत दुई वर्षमा अनुदानका लागि नौ सय कठ्ठाको निवेदन परेको शिवसताक्षी नगरपालिकाका कृषि शाखा प्रमुख रविन भट्टराईले बताए। नगरभित्र छ सय बिघा क्षेत्रफलमा कालो नुनिया धान लगाइएको कृषि शाखा प्रमुख भट्टराईले दाबी गरे।

समितिले शिवसताक्षीमा स्थापना गरेको बीउ बैंकमार्फत एक सय २० प्रजातिका परम्परागत धानको संरक्षण गरेको जनाएको छ। शिवसताक्षी–७ को चन्द्रडाँगीमा समितिले भाडामा लिएको तीन कठ्ठा जग्गामा बीउका लागि एक सय सात प्रजातिका धान यसपालि फलाइएको समितिका अध्यक्ष पौडेलले बताए। उनले परम्परागत धानको बीउ देशभरबाट सङ्कलन गरेर एउटै खेतमा रोपेर फलाइएको जानकारी दिए।

‘जुम्लामा फल्ने मार्सीदेखि पहाडको इलाममा पाइने दूधराज प्रजातिको धान हामीले फलाएका छौँ’, उनले भने, ‘पुराना धान र तरकारी बालीको बीउ नमासिउन् भनेर संरक्षणका लागि हामीले प्रयास गरिरहेका हौँ।’

नुनियाजस्तै बासनादार धानका रूपमा चिनिएको बासमतीका रातो, पहेँलो, कालो र टुँडे प्रजातिका धान यहाँ फलाइएको छ। त्यहाँ फलेका धानमा कतारखेरा, कालो टुँडे बासमती, जङ्गली मन्सुली, रुद्राक्ष, जुङ्गे कालो बासमती, नाजिर, रातो बच्छी, चुल्ठे, बेलगुठी, रातो हाप्सा, होडबच्छी, सेतो बासमती, हाडीफोर, भोटाङे, चम्पासरी, सानो चनाचुर, अनदी, धनकुटे, लालबच्छी, बिरिमफूल, छोटी बासमती, रातो बासमती, रातो अनदी, गोडरा, अम्बरध्वज, दिरुवा, बदलधान, अनदी सेतो, झहर धान, समल चौरी, कोमल धान, गौमा धान, कनकजिर बासमती, कालो रातो अनदी, जिरासरी, अट्टे, राँगा धान, दुधराज, रासधान, मार्सी, अण्डी धान, अनदी रातो, हंसराज, रातो स्थानीय, तिल्की, रातो टुँडे बासमती, श्यामजिरा, घिउकुमारी, दोसरा, ठूलो मनसरा, सिकिचन, रामबेला, आपझुत्ते, जर्नेली र घिउपुरी रहेका छन्।

त्यसैगरी, झिनुवा, मिडिया अनदी, थापाचिनी, सेते धान, कालो नुनिया ठूलो, साधारण कालो नुनिया, कालो नुनिया–१, कालो नुनिया–१०, हरिनकेर, परेवा प्वाँख, बामन चिनी, मधुमाला, मधुकर, पुलिङटार, कालो तृलसी, कस्तुरी, बुढीडाइन–३, बङ्गलादेशी, अनमोल ५५, अनमोल कालो टुँडे र बाघजुङ्गे धान फलाइएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाम्फेले नगरपालिकाले कृषिलाई प्राथमिकतामा राखेर काम गर्दै आएको र परम्परागत धान संरक्षणमा सहयोग गरिरहेको बताए।

कञ्चन जैविक विविधता संरक्षण समितिले धान मात्र नभई हिउँदे बालीको पनि बीउ उत्पादन गरी संरक्षण गर्दै आएको छ। जसमा दुई जातिको मकै, तीन जातिको कोदो, दुई जातिको फापर, आठ जातिको कार्तिके बोडी, १३ जातिको हिउँदे सिमी, पाँच जातिको फर्सी, पाँच जातिको लौका, छ जातिको घिरौला, तीन जातिको मास, एक जातिको करेला, एक जातिको बकुल्ला, दुई जातिको पोइसाग, एक जातिको तोरी, एक जातिको फिलुङ्गे र एक जातिको पोथ्रे सिमी रहेको छ।

अघिल्लो लेख अमेरिकाको एक विद्यायलमा गोली चल्दा संदिग्धसहित तीन जनाको मृत्यु
अर्को लेख एकीकृत समाजवादीमा आज नेताहरूको जिम्मेवारी तोकिँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

घाँस काट्ने क्रममा पहिरो खस्दा बुबाको मृ*त्यु, छोरा बेपत्ता

२०८२ असार २५, बुधबार १६:१८ गते
राष्ट्रियसमाचार

विराटनगरमा भेटियो परैबाट विष फाल्ने दुर्लभ स्पिटिङ कोब्रा

२०८२ जेष्ठ १४, बुधबार १०:१० गते
अर्थ-वाणिज्यराष्ट्रिय

काठमाडौंमा सहकारी पीडितको प्रदर्शन

२०८१ श्रावण १७, बिहीबार १३:३३ गते
राष्ट्रियसमाचार

रेबिज लागेर एक जनाको मृ*त्यु

२०८२ बैशाख २५, बिहीबार ११:२६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?