यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पुस १७ गतेदेखि सगरमाथामा व्यावसायिक हेलिकप्टर उडान निषेध
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पुस १७ गतेदेखि सगरमाथामा व्यावसायिक हेलिकप्टर उडान निषेध
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

पुस १७ गतेदेखि सगरमाथामा व्यावसायिक हेलिकप्टर उडान निषेध

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २७, बिहीबार ११:४४ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –आउँदो जनवरी १ अर्थात पुस १७ गतेदेखि लागु हुने गरी सगरमाथा निकुञ्ज क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाइएको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, खुम्बु पासाङल्हामु गाउँपालिका, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति तथा खुम्बु क्षेत्रमा रहेका स्थानीय सरोकारवाला सरकारी गैरसरकारी सङ्घरसंस्थाहरुको बैठकले हेलिकप्टर उडानमा रोक लगाउने निर्णय गरेको हो ।

अनियन्त्रित रुपमा हुने गरेको हेलिकप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा वासस्थान संरक्षणमा थप चुनौती थपिएको तथा खुम्बु क्षेत्रको स्थानीय व्यापार, व्यवसाय तथा रोजगारीमा समेत नकारात्मक असर परेको जनगुनासो रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।

पर्यटक तथा स्थानीयको उद्धार र मालसामान ढुवानीका लागि प्रयोग गरिने हेलिकप्टरहरुबाहेक अरु व्यावसायिक रुपमा सञ्चालन हुने हेलिकप्टरहरु पुस १७ गतेदेखि पूर्णरुपमा रोक लगाउने निर्णय भएको हो ।

पर्यटकको उद्धार गर्नुपर्ने अवस्था आएमा नजिकैको स्वास्थ्य संस्था, मध्यवर्ती क्षेत्र उपभोक्ता समिति तथा वडा कार्‍लयको लिखित वा मौखिक सिफारिशपछि मात्रै उडान अनुमति दिने निकुञ्जले जनाएको छ ।

उद्धार उडान गर्नुपर्ने अवस्था आएमा निकुञ्जबाट पूर्वसहमति लिई हेलिप्टर अवतरण गर्ने ठाउँ तय गर्नुपर्ने, उद्धार हुने व्यक्तिको विवरण अनिवार्य रुपमा निकुञ्ज कार्यालयमा पेश गर्नुपर्ने, हेलिकप्टरमा उद्धार गरिनुपर्ने पर्यटकबाहेक अरु पर्यटकहरु ओसारपसार गर्न नपाइने र उद्धार भएका पर्यटकको स्वास्थ्य जाँच गर्नका लागि अनिवार्य रुपमा लुक्लाको पासाङ ल्हामु निकोल निक्की अस्पताल पुर्‍याउनुपर्ने निर्णय पनि भएको छ ।

यस्तै स्थानीय अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाको लागि सम्बन्धित वडा कार्यालय वा मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको सिफारिशको आधारमा निकुञ्ज कार्यालयबाट अनुमति लिनुपर्नेछ ।

अघिल्लो लेख कैलालीमा झन्डै ४ करोडको अबैध सामान बरामद, १३ जना पक्राउ
अर्को लेख सांगठनिक संरचना फेरबदल गर्दै एकीकृत समाजवादी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

सर्वोच्च अदालतमा आगजनी

२०८२ भाद्र २४, मंगलवार १५:२१ गते
राष्ट्रिय

गोरखामा चट्याङ लागेर एक जनाको ज्यान गयो

२०८२ बैशाख १५, सोमबार १२:२८ गते
राष्ट्रियसमाचार

आज राष्ट्रिय बालदिवस

२०८२ भाद्र २९, आईतवार ११:४२ गते
राष्ट्रियसमाचार

रसुवा बाढी अपडेट : तीन प्रहरीसहित १५ जना बेपत्ता, ९ को उद्धार

२०८२ असार २४, मंगलवार १०:२२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?