धनगढी – धनगढीको शिवनगरमा रहेको चैतन्य पाठशालाले शिक्षा र संस्कारको सङ्गम प्रकृति र संस्कृतिको सम्मानका लागि चैतन्य पाठशालाले पठन संस्कृति र कला संस्कृति विशेष चैतन्य संवाद आज सोमबार एक कार्यक्रम गरी सम्पन्न गरेको छ ।
कार्यक्रममा लेखक तथा संस्कृतिविद् यज्ञराज उपाध्याय र साहित्कार तथा लेखक रामलाल जोशीको उपस्थितिमा चैतन्यले आज एक कार्यक्रम गरी चैतन्य संवादको आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै साहित्यकार जोशीले समाज र देशका लागि केही गर्ने जनशक्ति उत्पादनका लागि पठन संस्कृति जरुरी रहेको बताए ।
त्यस्तै संस्कृतिविद यज्ञराज उपाध्यायले भावी पस्ताले आफ्रनो संस्कृतिलाई जोगाउँन सहज होस भन्ने उद्देश्यले काली-कर्णालीको किताब ल्याइएको बताए ।
कार्यक्रमा विद्यालयका अध्यक्ष गणेश प्रसाद जोशी, प्रधानाध्यापक कटक बहादुर सिहँ, ब्रान्ड एम्बेसडर भरत विक्रम शाह, पत्रकार, शिक्षक, विद्यार्थीको उपस्थिति रहेका थियो ।





