यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीमा अर्गानिक तरकारी फलाउने किसान निराश
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडीमा अर्गानिक तरकारी फलाउने किसान निराश
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बैतडी

बैतडीमा अर्गानिक तरकारी फलाउने किसान निराश

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १०, सोमबार १०:३९ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

बैतडी ।भारतलगायत नेपालकै बाहिरी जिल्लाबाट भित्रिने तरकारीसँग गाउँको जैविक (अर्गानिक) मल हालेर फलाइएका तरकारीले बजारमा प्रतिस्पर्धा गर्न नसक्दा बबेत गाउँका किसान निराश बनेका छन् ।

बाहिरी जिल्लाबाट भित्रिने टमाटरलगायतका तरकारी लामो समयसम्म नबिग्रने भन्दै बिचौलियाले स्थानीय तरकारीको उचित मूल्य नदिएको किसानले गुनासो गरेका हुन् ।

दशरथ चन्द नगरपालिका–४, बबेत गाउँकी विमला वडले जैविक मल प्रयोग गरेर तरकारी फलाउन थालेको चार वर्ष भयो । रोगकिरा नियन्त्रण गर्न खेतबारीमा गौमूत्र छर्किन्छन्। उनको बारीमा अहिले काउली, पालुङ्गो, धनियाँ, मुला र रायो प्रशस्तै फलेका छन् । यद्यपि तरकारीले उचित मूल्य नपाउँदा उनि निराश भएका छन् । जैविक मल प्रयोग गर्ने बबेत गाउँका किसानलाई स्थानीय सरकार र कृषि ज्ञान केन्द्रले बिउबिजन, सिँचाइ, पोलिहाउस जस्ता अनुदानका कार्यक्रम नदिएको विमलाले गुनासो गरिन् ।

बबेत गाउँमा न तरकारी सङ्कलन केन्द्र छ, न त ढुवानीको सुविधा छ  । दशरथ चन्द नगरपालिकाले १३ लाख रुपियाँ खर्च गरेर चार वर्षअघि निर्माण गरेको सडकमा घाँस र बुट्यान उम्रिएपछि किसानले घण्टौँ पैदल हिँडेर डोकोमा तरकारी बेच्दै आइरहेको स्थानीय ललित वडले बताए। जैविक मल हालेको तरकारी विषादी हालेको तरकारीको भन्दा कम मूल्यमा बेच्नु परेको अगुवा किसान विमला वडले दुःखेसो पोखीन्। “गोठेमल र गौमूत्र प्रयोग गरेर बेबत गाउँका १५ जना किसानले अर्गानिक तरकारी खेती सुरु गरेका छौँ,” उनले भनिन्, “झिसमिसेमै डोकोमा तरकारी बोकेर बजारका पसल पसल चहार्दै हिँड्नु पर्छ । बिचौलियाले बाहिरी जिल्लाबाट आउने तरकारी भन्दा सस्तोमा किन्न खोज्छन् । घर फर्काएर ल्याउनुभन्दा सस्तोमै बिक्री गर्नुपर्ने बाध्यता छ ।”

बैतडीस्थित कृषि ज्ञान केन्द्र र नगरपालिकामा रहेको कृषि शाखाले बजारमा बिक्री भइरहेको तरकारीमध्ये विषादी प्रयोग गरेको र नगरेको तरकारी छुट्याइदिए स्थानीय किसानलाई सहज हुने अगुवा किसान जगदीश वडले बताए । अर्गानिक तरकारी खेती गर्ने किसानको बारीदेखि बजारसम्मको तरकारी परीक्षण गरिदिन उनले माग गरे ।गोरखापत्रबाट

अघिल्लो लेख रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
अर्को लेख एनपीएलको ट्रफीमा सगरमाथा आधार शिविरको ढुंगा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

बैतडी

भिरबाट लडेर प्रहरी हवलदारको मृत्यु

२०८१ फाल्गुन ८, बिहीबार ११:३३ गते

आज राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाईंदै

२०८१ असार १५, शनिबार ०९:५८ गते
बैतडी

बैतडीमा चार जनामा देखियो डेंगु

२०८१ भाद्र ३०, आईतवार १८:०३ गते
बैतडी

बैतडीमा आगलागीबाट ३५ लाखको क्षति

२०८१ आश्विन ८, मंगलवार २०:५८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?