काठमाडौं : नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक मंगलबार बस्दै छ।
बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपराह्न ४ बजे बस्नेछ।
विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक बोलाएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए।
यसअघि सोमबार दिउँसो १ बजे बस्ने भनिएको बैठक पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोक र नेताहरूको व्यस्तताका कारण स्थगन गरिएको थियो ।
यसअघि कात्तिक २६ गते बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठक पुस २ देखि ७ गतेसम्म बस्ने निर्णय गरेको थियो। जसअनुसार थप छलफलका लागि आज पदाधिकारी बैठक बोलाउने निर्णय गरेको थियो।





