काठमाण्डौ –ताप्लेजुङसहित आसपासका जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार बिहान ६ बजेर १३ मिनेटमा ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर ४ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको हो ।
यसअघि गएको मङ्सिर २८ गते मनाङको थोचें आसपास केन्द्रविन्दु भएर ४ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएकाले बेला बेला साना ठूला भूकम्प जाने गरेका छन् ।





